पर्यटकीय गाउँ घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको तयारी थालिएको छ । जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण हुने भएको हाे । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको संयुक्त आयोजनमा अन्नपूर्ण गाउँपालिका १० मा म्याराथन हुन लागेको हो।
अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिने संयोजक ललित गुरुङले बताए । म्याराथनमा पुरुषतर्फको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन् । २०७४ मा शुरू भएर दोस्रो संस्करण सफल भएपनि कोभिड १९ ले तेस्रो संस्करणलाई निरन्तरता दिन नसकेको उनले बताए।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ । ‘दिवस मनाउन म्याराथन आयोजना गरेका छौं’, गुरुङले भने । म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको संकट मोचन गर्ने उनको भनाइ छ ।
पर्यटन सेन्चुरी महोत्सवमा म्याराथनसहित अन्नपूर्ण पत्रकारिता पुरस्कार, हर्स राइडिङ, गुरुङ संस्कार संस्कृतिको प्रदर्शनी, गाँउस्तरीय पुरुष भलिबल प्रतियोगिता र पुरुष खुला बास्केटबल प्रतियोगिता हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।
६ हजार रूपैयाँ दर्ता शुल्क रहेको प्रतियोगितामा प्रथम हुनेले ८०—८० हजार र दोस्रो हुनेले ५०—५० हजार रूपैयाँ पुरस्कार पाउने छन्। म्याराथन धावकहरूले जेठ १५ गतेभित्र नाम दर्ता गराएर १८ गते म्याराथन आरम्भ बिन्दुबाट प्रस्थान गरि अन्नपूर्ण आधारशिविर पुगेर आयोजकको सम्पर्कमा आउनुपर्नेछ । यस्तै, भलिबल र बास्केटबल प्रतियोगितामा सहभागी हुनका लागि जेठ १३ गतेभित्रमा आफ्नो टिमको नाम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ। साथै, महोत्सवमा अन्य साँस्कृतिक कार्यक्रम पनि राखिएको छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो