काठमाडाैं । रूसमा जारी विश्वकपमा एक पछि अर्को अप्रत्याशित नतिजा आईरहेको छ । उपाधिका दाबवेदार टीमहरु एक पछि अर्को गरी घर फर्कन बाध्य छन् । राेचक मात्र हाेइन धेरै दृष्टिले विगतका नतिजा र अनुमानलार्इ समेत कमजाेर सावित गर्दै अघि बढिरहेकाे छ ।
यतिखेर विश्वकपका पूर्व-विजेता टिमहरू धमाधम प्रतियाेगिताबाटै बाहिरिन थालेका छन् । अाइतबारकाे खेलमा पूर्व विजेता स्पेनलाई रूसले टाइब्रेकरमा हराउँदै घर फर्कन बाध्य बनायाे ।
टाइब्रेकरमा स्पेनलाई ४-३ गोलले हराउँदै आयोजक राष्ट्र रुस विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । खेल अवधिभर बराबरीमा राेकिएका दुवै टिम बलिया सावित भए तर अन्तिम भाग्यचाहिँ पेनाल्टी सुटअाउटबाट निर्धारण भयाे । सन् २०१० को विश्व विजेता स्पेनविरुद्ध सनसनीपूर्ण जीत निकाल्दै रुसले अघिल्लो चरणको यात्रा तय गरेको हो।
पेनाल्टी सुटअाउटमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपासले भने गर्न सकेनन् । रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे। टाइब्रेकरमा स्पेनको तेस्रो र पाँचौं प्रहार गोल हुन सकेन। रुसका भने सबै चार प्रहार गोल भएपछि अन्तिम प्रहार गर्नुअघि नै विजेता बनेको हो।
रुसका गोलरक्षक इगोर अकिनफिभले खेलभर शानदार प्रदर्शन गरे। निर्धारित तथा अतिरिक्त समयमा आधा दर्जनभन्दा बढी आक्रमण बचाउँदै टोलीको संकट टारेका अकिफिभले टाइब्रेकरमा दुई वटा आक्रमणलाई विफल बनाएका थिए।
तीन पूर्वविजेता ‘घर फिर्ती’
यसअघिका विश्वकप विजेता ३ टाेली घर फर्किसकेका छन् । बलिया र फाइनल खेलका दाबेदार मानिएका टोलीहरु जर्मनी, अर्जेन्टिना र स्पेन बाहिरिएका छन् । चारपटककाे विश्वविजेता जर्मनी समूह चरणबाटै दक्षिण काेरियाली टिमसँग पराजित भएपछि उसकाे पनि ‘घर फिर्ती’ अभियान सुरू भयाे ।
यस्तै सुपरस्टार लियाेनल मेस्सीकाे टिम अर्जेन्टिना पनि प्रि-क्वाटरफाइनलबाटै घर फर्कन बाध्य भयाे, फ्रान्ससँग ४-३ गाेलले पराजित हुँदै दुर्इपटककाे विश्वविजेता अर्जेन्टिना यस पटक दाेस्राे चरणबाटै बाहिरएकाे हाे ।
यससँगै बलियाे मानिएकाे चर्चित खेलाडी क्रिस्टियानाे राेनाल्डाे सम्मिलित टिम पोर्चुगल पनि प्रि-क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भएकाे छ । उरूग्वेसँगकाे खेलमा पाेर्चुगल २-१ गाेलले पराजित भयाे ।
पूर्वविजेता ४ टाेलीकाे भाग्य के हाेला ?
जारी प्रतियोगितामा अब चारवटा मात्र पुर्व विजेता टोली बाँकी छन् । एकपटककाे पूर्वविजेता फ्रान्स तथा दुर्इपटककाे उरुग्वे क्वाटरफाइनलमा पुगेका छन् । विश्वकपमा सर्वाधिक ५ पटक ट्रफी उचालेकाे ब्राजिलकाे भाग्य अाज (साेमबार) काे खेलले निर्धारण गर्दै छ ।
मेक्सिकाेसँग भिड्न लागेकाे ब्राजिल पनि हार्ने र प्रि-क्वाटरफाइनलबाटै घर फर्किने धेरैकाे अनुमान रहेकाे छ । मेक्सिकाेसँग ब्राजिलले विभिन्न खेलमा पटकपटक सामना गरेकाे छ, जसमध्ये २३ हार बेहाेरेकाे छ, त्यसैले यसपटक ब्राजिललार्इ अघि बढ्न मुस्किल छ । तर खेलमा अनुमान मात्र काफी मात्र काफी हुन्न, नतिजा नै पर्खनुपर्ने हुन्छ ।
अर्काे एकपटककाे पूर्व विजेता टिम इङ्ल्यान्डकाे पनि भाग्य निर्धारण हुन बाँकी छ । यीमध्ये कतिले क्वाटर फाइनल हुँदै फाइनलसम्मकाे यात्रा तय गर्लान्, अहिले सर्वत्र चासाेकाे विषय बनेकाे छ । (एजेन्सीकाे सहयाेगमा)
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?