पोखरा महानगरपालिका वडा १५ को आयोजनामा वडाभित्रका खेलाडी सहभागी पुरुष तथा महिला डबल्स व्याडमिण्टन प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।
पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा थापाले स्वास्थ्य नागरिक र स्वस्थ्य समाजका लागि राम्रा खेलाडी उत्पादनमा सबैले चासो दिनुपर्ने बताए । आफु पनि व्याडमिण्टनको खेलाडी भएको स्मरण गर्दै टोल टोलमा आयोजना हुने यस्तै प्रतियोगिताबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन हुने थापाको भनाई थियो ।
वडाध्यक्ष तोरण बानियाँले स्वस्थ्य नागरिकले परिवार, समाज र राष्ट्र निर्माणमा योगदान दिन सक्ने हुँदा वडाले खेलकुदका कार्यक्रमलाई पनि महत्वपूर्ण स्थानमा राखेको बताए । खेल संयोजक समेत रहेका वडा सदस्य आशिष भण्डारीले वडा १५ ले विकास निर्माण तथा दक्ष नागरिक उत्पादनका लागि विभिन्न तालिम, सभा, सेमिनारसंगै खेलकुदका कार्यक्रमहरु पनि गर्दै आएको जनाए । वडा १५ का खेलाडीहरुले महानगरस्तरिय विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट नतिजा दिंदै आएको भण्डारीको भनाई थियो ।
सो अवसरमा कार्यपालिका सदस्य मन्दिरा परियार, विशेष अतिथि वडा प्रहरी कार्यालय रामबजार चौकीका प्रमुख माधव केसी लगायतले आ–आफ्नों भनाई राखेका थिए । शनिबारसम्म चल्ने दुई दिने प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ ९ टिमले भाग लिएका छन् । प्रतियोगिताका विजेता खेलाडीहरु क्रमशः प्रथमले ७, ५ र ३/३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
पोखरा स्पोर्टस् अवार्डमा ‘अफिसियल ड्रिङ्किङ वाटर ग्लेज’
रन रेटको आधारमा कालिका फाइनलमा : सिद्ध र अम्मरसिंह सेमिमा भिड्ने
विश्वकप खेल्ने टीममा नराखेपछि सन्दीपको प्रतिक्रिया: ‘ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्’
छात्रा क्रिकेट जारी : भद्रकाली र अम्मरसिंहको जित
रियाको पहिलो शतक : कालिका र सिद्ध विजयी
वैशाख २२ गते पोखरा ७ मा दौड प्रतियोगिता हुँदै, तयारी तिव्र
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग