पोखरा । सातौं संस्करणको युयन गोबल सडक सुरक्षा सप्ताहको सन्दर्भमा सञ्चारिका समूह गण्डकीले नाशा फाउन्डेसनसँगको सहकार्यमा सडक सुरक्षामा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको उतm कार्यकममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीका प्रवक्ता टीकाराम पौडेलले सडक सुरक्षाका लागि सडक पहुँचता महत्वपूर्ण हुने भन्दै गण्डकी सरकारले पहुँचका लागि काम गरिरहेको बताए ।
त्यसैगरी नासा फाउण्डेशनका कार्यकारी निर्देशक गोविन्द भट्टराइले सडक दुर्घटनामा अकालमा मृत्यु हुनेहरुको संख्या विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले सवारी, सवारी चालक र सहचालकको स्वास्थ्य जाँचको आवश्यकता रहेकोमा जोड दिए ।
संस्थाका अध्यक्ष कविता श्रेष्ठले सुरक्षित सवारी,दिघो सडक बारे चेतना जगाउन र बहस चलाउन संचार माध्यमको महत्वपूर्णर्ण भूमिका रहेको बताए । त्यसैगरी नासा फाउण्डेशनका कमला आचार्यले सडक सुरक्षा अहिलेको आवश्यकता रहेकोले संचार माध्यमले यस विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, सञ्चारिका समूह गण्डकीका पूर्व अध्यक्ष सुष्मा पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जारा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा महानगरपालिकाका सिनियर इन्ज्नििियर सुरेन्द्र पौडेल, साइकल सिटीका प्रकाश बजा्रचार्य, दलित महिला संघ कास्कीका अध्यक्ष लक्ष्मी खाती लगायतको उपस्थिति रहेको थियो ।
सडक सुरक्षाबारे चेतना जगाउन र बहस चलाउनका लागि निमित्त सुरक्षा सप्ताह जेठ १ देखि जेठ ७ गतेसम्म विश्वभर विभिन्न सन्देशमुलक कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा सवारी दुर्घटनामा हरेक दिन ७ जनाले ज्यान गुमाउनु पर्ने तथ्यांक छ । यस आर्थिक वर्षको साउन देखि चैत्रसम्ममात्र देशभर ७ हजार ७ २३ वटा सवारी दर्घटना भएका छन् । जसमा १ सय ४८ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ