काठमाडाैं- रुस विश्वकपमा छैटाैंपटक विश्वकप ट्रफी उचाल्ने सपना ब्राजिलले कायम राखेकाे छ । मेक्सिकाेलाई २-० ले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेकाे हाे ।
सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो । समूह चरणमा पहिलाे खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई ‘धुलाे चटाएकाे’ मेक्सिकाे अन्तिम १६ बाट अगाडि बढ्न सकेन ।
पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै, गोल गर्ने केही मौका समेत पाएको थियो । तर पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो ।
ब्राजिलको जितमा स्टार खेलाडी नेइमार नायक बने । उनले ५१ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यस्तै निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट रोबर्टो फर्मिनोले गोल गरे ।
याे विश्वकपमा नेयमारकाे याे दाेस्राे गाेल हाे । यसका साथै ब्राजिलले २-० ले मेक्सिकाेलाई हराउँदै उसलाई विश्वकपबाट बिदा गरिदियाे । त्यसाे त खेलकाे पहिलाे हाफमा पनि ब्राजिल दबदबा कायम राखेकाे थियाे । तर, उसले गाेल गर्न सकेन ।
ब्राजिलले खेलमा गाेलका लागि २० प्रहार गरेकाे थियाे भने मेक्सिकाेले १३ पटकमात्र बललाई जाली चुमाउने प्रयास गर्याे । तर, मेक्सिकाेले गाेलपाेस्टमै अथवा अन टार्गेट प्रहार एक पटकमात्र गर्न सफल भयाे । ब्राजिलले टार्गेटमा १० पटक प्रहार गरेकाे थियाे । दुवै टिमलाई लगभग बराबर कर्नर मिलेकाे थियाे । ब्राजिलका लागि ८ कर्नर मिल्याे भने मेक्सिकाेकाे लागि ७ । खेलमा फाउल चाहिँ मेक्सिकाेले निकै धेरै गर्याे । ब्राजिलका खेलाडीले ६ फउल गर्दा मेक्सिकाेका खेलाडीले १७ फाउल गरेका थिए ।
खेलका केही रेकर्डस्
ब्राजिललाई अग्रता दिएकाे नेयमारकाे ५१ अाैं मिनेटकाे गाेल उनकाे याे विश्वकपकाे दाेस्राे गाेल हाे । ब्राजिलका लागि याे विश्वकपमा दाेस्राे गाेल गरेका नेयमारकाे याे ५७ अाैं अन्तराष्ट्रिय गाेल हाे । विश्वकपमा नेयमारकाे याे गाेल छैटाैं हाे ।
ब्राजिलका लागि साेमबारकाे खेलमा मैदानमा निकै व्यस्त थिए नेयमार । उनले याे विश्वकपमा अरु खेलाडीभन्दा धेरै २३ सट प्रहार गरेका छन् । यीमध्ये उनका १२ सट टार्गेटमा थिए । नेयमारले अाफ्ना साथीहरुका लागि याे विश्वकपमा १६ माैका बनाएका छन् । र, याे विश्वकपमा उनीमाथि नै सबैभन्दा बढी २३ फाउल गरिएकाे छ ।
छ गाेल गर्न नेयमारले ३८ पटक गाेलपाेस्टमा प्रहार गरेका छन् । अर्जेन्टिनाका मेसीले ६ गाेल गर्न ६७ र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेले ६ गाेल गर्न ७४ सट प्रहार गरेका छन् ।
खेलमा १२ अाैं प्रयासपछि मात्र ब्राजिल गाेल गर्न सफल भएकाे थियाे । याेसँगै विश्वकपमा सबैभन्दा धेरै गाेल गर्ने देशमा ब्राजिलकाे नाम दर्ज भएकाे छ ।विश्वकपमा उसले अहिलेसम्म २२८ गाेल गरेकाे छ । यसअघि याे रेकर्ड जर्मनीकाे थियाे । जर्मनीले विश्वकपमा २२६ गाेल गरेकाे छ ।
मेक्सिकाेकाे याे हार नकअाउटमा लगातार साताैं हार हाे । ब्राजिलले क्वार्टर फाइनलमा वेल्जियम र जापानबीच सोमबार राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान