गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बेल्जियम रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। २ गोलले पछि परेको परेको अवस्था उल्टाउँदै बेल्जियमले जापानलाई पराजित गरेको हो। वैकल्पिक खेलाडी नासेर चाड्लीले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेपछि जापानलाई ३-२ ले पराजित गरेको बेल्जियमले अब क्वाटरफाइनलमा ब्राजिलसँग खेल्नेछ।
रोस्तोभ अन डनमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। बेल्जियमले गोलको केही अवसर बनाएपनि जापानले गोल हुन दिएको थिएन।
दोस्रो हाफको सुरुमै जापानले २ गोल ठोक्यो। ४८औँ मिनेटमा गेन्की हारागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाए। त्यसको ५ मिनेटपछि ताकासी इनुईले गोल गर्दै जापानको अग्रता दोब्बर पारे।
फिफा वरीयतामा तेस्रो स्थानमा रहेको बेलजियम विरुद् जापानले अग्रतालाई लामो समय जोगाउन सकेन। ६९औँ मिनेटमा जान भर्टोनगनले लुपिङ हेडरमार्फत गोल गर्दै गोल अन्तर कम पारे। त्यसको चार मिनेटपछि नै वैकल्पिक खेलाडी माराउने फेलिइनीले हेडमार्फत नै गोल गर्दै खेल बराबरी गरे।
निर्धारित ९० मिनेटको खेल पनि बराबरी भएको थियो। त्यसपछि थपिएको ४ मिनेटको इन्जुरी टाइमको पनि ४० सेकेण्ड मात्र बाँकी थियो। तर बेल्जियमले काउन्टर अट्याकमा गोल गर्दै अन्तिम ८ को यात्रा तय गर्यो।
खेलको अन्तिम समयमा गोल खाँदै पराजित भएपछि पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुग्ने जापानको सपना पुरा हुन सकेन। उता बेल्जियम भने क्वाटरफाइनल पुगेको यो तेस्रो पटक हो। यसअघि रेड डेभिल्स १९८६ र २०१४ मा अन्तिम ८ मा पुगेको थियो।
सन् १९७० पछि विश्वकपको नटआउट स्टेजमा कुनै टोलीले २ गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको यो पहिलो अवसर हो। सन् १९७० मा इंग्ल्याण्डले २-० को अग्रता बनाएपनि पश्चिम जर्मनीले लगातार ३ गोल गरेर खेल जितेको थियो।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो