पोखरा । सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ ।
तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो ।
तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताइन् ।
छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्विनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले आर्थिक अवस्थाका कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने लक्ष्य लिएको बताइन् ।
‘नेपाल सरकारले मावि तहसम्म निशुल्क शिक्षा घोषणा गरेतापनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुमाँझ निशुल्क शिक्षा पुग्न सकेको छैन्, अध्यक्ष गुरुङले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका दिदी बहिनीका छोरी बुहारीहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन विभिन्न जिल्लाका विद्यालयहरुमा सहयोग गदै आएका छौ ।’
उनले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सामग्री, पोशाक किन्न नसकेका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छौं । ‘संस्थाले आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाक किन्न सहयोग पु¥याउने उद्धेश्यले विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छौं ।’ उनले भनिन् ।
संस्थाका अध्यक्ष गुरुङका अनुसार २०७६ सालमा १३ जना दिदीबहिनीको सक्रियतामा कुनै पनि छोरी बुहारीहरुलाई शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्य लिएर संस्था सञ्चालनमा ल्याएको बताइन् ।
संस्थाले शुक्रबार तनहुँको दुई विद्यालयका १० जना विद्यार्थीहरुलाई जनही रु १० हजार छात्रवृत्तिसँगै शैक्षिक सामग्री र पोशाक वितरण गरेको हो । तनहुँसँगै संस्थाले पर्वतमा ७ जना, मुगुमा ८ जना, पोखरामा १ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री पोशाक वितरण गर्ने सस्थाका कोषाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै महेन्द्रोय माविका प्रधानाध्यापक दुर्गाबहादुर क्षेत्रीले विभिन्न संघसंस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्दा बिचैमा अध्ययन छोड्न बाध्य भएको बताए ।
‘विद्यार्थीहरुको परिवारको आर्थिक अवस्था कमजोर हुँदा विचैमा अध्ययन छोड्ने गरेका छन्, तर विभिन्न संघसंस्थाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दा विद्यार्थीहरुलाई अध्ययनगर्ने अवसरमा सहयोग पुगेको छ ।’
१३ जना दिदीबहिनीको सक्रियतामा सञ्चालन भएको सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको कार्ययोजनामा विभिन्न व्यक्तित्वहरुले सहयोग गरेका छन् । संस्थामा ३३ जना दिदीबहिनी आजिवन सदस्य रहेका छन् भने, ३० जनाले जनही एक लाखको अक्षयकोष निर्माण गरेका छन् ।
अक्षयकोषको व्याजबाट वार्षिक रुपमा ३० जना आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण तथा पोशाक वितरण गर्दै आएको छ ।
कार्यक्रममा सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालका सहकोषाध्यक्ष दिलमाया प्रजापति, विभागिय संयोजकद्धय नानीकमला गुरुङ र बिन्दुमाया गुरुङको सहभागिता रहेको थियो ।
तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोय माविमा भएको छात्रवृत्ति वितरण कार्यक्रम सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मीदेवि गुरुङको स्वागत र सदस्य गीमाया गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’