पोखराको पृथ्वीचोकमा एक यात्रुले ग १ ज २०२६ नम्वरको ट्याक्सी रोके । जिल्ला ट्राफिक कार्यालयको गेटै अगाडि ट्याक्सी रोकेका यात्रुले ‘जरेवर कता पर्छ गुरुजी ? म दमौलीवाट आ’को, कति लाग्छ पु¥याइदिनु न’ भन्न नपाउँदै गुरु जी तुलाराम शर्माले भने ‘हजार दिनुन् बस्नुस् पु¥याइदिन्छु।’ पेसेन्जर वनेका थिए कास्की ट्राफिकका प्रहरी हवल्दार । करिव दुई किमी वाटो पार गर्न एक हजार भाडा मागेपछि ठामका ठाम चालक पक्राउ परे ।
ट्राफिक प्रहरीलाई नै ठग्न तम्सिएका ट्याक्सी चालकको हर्कत देखेपछि मिटरमा नचली यात्रु ठग्ने ट्याक्सी खोजी अभियान नै चलाएको छ । अपरान्ह करिव एक घण्टाको अवधिमा २२ वटा ट्याक्सीले मिटर नचलाई मनोमानी भाडा असुल गरेको आरोपमा नियन्त्रणमा लिएको छ।
उनिहरुलाई मंगलवार आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय सवारी गण्डकीमा पठाइने कास्की ट्राफिक प्रमुख इन्सपेक्टर ऐन बहादुर मल्लले वताए । कास्की ट्राफिकले सिभिल चेकजाँचका लागि प्रहरी कर्मचारी खटाई हस्पिटलचोक पृथ्वीचोक, सभागृह चोकवाट ट्याक्सी नियन्त्रणमा लिइएको थियो ।
मिटर नचलाई वढी भाडा लिने सवारीहरुमा ग १ ज ४१९४, ४६५६, ३९७७, २९३४, ५२६६, ४२५७, २०२६, ४५९३, ४२८५, ४६३५, ४८७४, १७६७, ३६९९ र ५२५४ नम्वरका ट्याक्सीहरु रहेका छन् । केहि दिन सुस्त रहेको मिटर ट्याक्सी अनुगमन र कारवाही सोमवार देख मिटर ट्याक्सी अनुगमन र कारवाही सोमवारवाट पुन सुरु गरिएको छ । नियम विपरित वढि भाडा लिने ट्याक्सी लगायतका यात्रुवाहक सवारीलाई नियमति अनुगमन गरि कानूनी दायरामा ल्याइने ट्राफिक प्रहरीले वताएको छ ।
यसरी ट्राफिक नियन्त्रणमा ल्याईएका बढि भाडा असुल गर्ने ट्याक्सीहरु केहि घण्टामै कागज पत्र लिएर उन्मुक्ति दिएको छ। पक्राउ परेकालाई जिल्ला पठाउन एस.पी. ओमरानाले निर्देशन दिएका थिए भने ट्राफिक प्रमुख ऐनबहादुर मल्लले पनि ट्याक्सीलाई जिल्ला पठाउने हामीसँग बताएका थिए । तर रहस्यमय ढंगले छुटकारा दिएपछि अनुगमन, पक्राउ र कारवाही केवल औपचारिकता लागि मात्र गरिएको भन्दै उपभोक्तावृत्तमा टिप्पणी भएका छन् । यसरी छुटेका ट्याक्सीहरुलाई पक्राउ गरेर भएपनि जरिवाना तिराउने एसपी रानाले बताएका छन् ।
यता पक्राउ परेका ट्याक्सीका चालकहरु आफूलाई प्रहरीले झुक्याएर पक्राउ गरेको गुनासो गर्दै आक्रोस व्यक्त गरे । मिटरमा चलाउन आग्रह नगरिकन कति लिने भन्दै सोधेपछि हामीले हचुवामा भाडा तोकेर भन्ने वितिक्कै पक्राउ गर्ने गरेको चालकले वताए । पेट्रोलको मूल्य वढेपनि मिटर समायोजन नगरिएको कारण समस्या परेको उनिहरु वताउँछन् ।
सराङकोट न्युज डटकमबाट
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’