लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ का निर्वाचित जनप्रतिनिधिहरुले कार्यकालको एक बर्षमा सम्पादन गरेका कामहरुको शनिवार समिक्षा गरेका छन् । गतबर्षको स्थानीय तहको निर्वाच पछि २०७९ जेष्ठ १३ गते पदस्थापन गरेका निर्वाचित प्रतिनिधिले एक बर्षमा गरेका कामहरु वडावासी विच प्रस्तुत गरेका हुन् ।
सो अवसरमा वडाध्यक्ष नरेन्द्र थापाले एक बर्षे कार्यकालमा १८ करोड ६५ लाख रुपैया विनियोजन भएको उल्लेख गर्दै, झण्डै ८० प्रतिशत काम सम्पन्न भएको उल्लेख गरे । बैशाख मसान्तसम्म विनियोजित रकमबाट ६० प्रतिशत र जेठको दोश्रो हप्तासम्म थप २० प्रतिशत योजनामा प्रगती भएको उल्लेख गरे । असार मसान्तसम्म लक्षित बजेटबाट पुरै काम हुने अध्यक्ष थापाले बताए ।
एक बर्षे कार्यकालको समिक्षा गर्दै, थापाले वडामा सडक कालोपत्रे, ढल र नाला निर्माणका कामले तिव्रता पाएको उल्लेख गर्दै, सवै टोल र वडामा पक्की सडक पुर्याईएको उल्लेख गरे । अध्यक्ष थापाले वडा, महानगर र प्रदेश सरकारको समेत बजेटबाट विभिन्न क्षेत्रमा गरी १ सय २९ योजना सम्पन्न भएको जानकारी दिए । अघिल्लो आर्थिक बर्षमा वडाभेला गरी योजना संकलन गरिएको र ती योजना बैंक स्थापना गरी कार्यन्वयन गरिदै लगिएको पनि अध्यक्ष थापाले बताए । योजना बैंकमा ३ सय ४० योजना रहेकोमा एक सय २९ योजनाको कार्य सम्पादन भएको बताउँदै, अध्यक्ष थापाले आ.ब. २०८०/०८१ मा थप योजनालाई योजना बैंकमा समावेश गरी कार्यान्वयन गरिदै जाने बताए ।
अध्यक्ष थापाले भौतिक पूर्वाधार बाहेक प्रशासनिक सेवालाई जनताको घरदैलोमा पुर्याएको उल्लेख गर्दै, योजना छान्न वडा भेला गरिएको, जेष्ठ नागरिकको भत्ता नविकरण टोल/टोलमा पुगेर गरिएको । जेष्ठ, अपाङ्गलाई टोल टोलमा पुगेर सहायता सामाग्री बितरण गरिएको र वडा कार्यालय भवनको सुधार गरी एकद्धार प्रणालीबाट जनताको सिफारिस र सेवा प्रवाह गरिएको उल्लेख गरे ।
वडा अध्यक्ष थापाले आगामी आर्थिक बर्षका लागि समेत ३६ वटा योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले अन्तराष्ट्रिय सम्मेलन केन्द्रको निर्माण, अतिक्रमित सडकको मापदण्ड लागु गरी अवैध संरचना हटाउने, वडा कार्यालयको प्रशासनिक भवनका लागि जग्गा प्राप्ती र भवन निर्माण, कृषि उत्पादनको पकेट क्षेत्र तोक्ने, पहाडी भागलाई शहरीकेन्द्रसँग जोड्ने गरी सडक निर्माण लगायतका योजनालाई प्राथमिकता दिईने उल्लेख गरे ।
वडा अध्यक्ष थापाले सामुदायीक बनहरुलाई बाँदर मैत्री बनाउन कटुस, दमौरो, अँगेरी ऐसुलु तिजुका रुख कटान रोकी बनउपभोक्ता समितिसँगको सहकार्यमा फलफुलका विरुवा रोप्ने अभियान गरिने, वडामा रहेका पुराना चौतारा, खानेपानीका मुहानहरुको संरक्षण र सम्बद्र्धन गरिने योजना आगामी आर्थिक बर्षमा समेटिने उल्लेख गरे ।
थापाले सोतो चोक, तल्लो कडेनी, कालिकाचोक, भित्रीखेत, सिमलपोखरा, लक्ष्मी मा.वि ह‘ँ‘दै गडुवा खोलासम्म नाला निर्माण गरी डुवानको समस्या समाधान गर्ने योजना रहेको उल्लेख गर्दै, कालिका—मिजुरे सडकलाई स्तरिय बनाउनका लागि महानगर, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने बताए । जग्गा बाझो राख्ने कार्यलाई निरुत्साहित गर्दै, बाँझो जग्गा राख्ने जग्गाधनीको जग्गामा कृषि व्यवसाय गर्न इच्छुक किसानका लागि जग्गा उपलब्धता गराउन वडास्तरिय कृषि सञ्जाल मार्फत सहजीकरण गरिने उल्लेख गर्दै अध्यक्ष थापाले वडावासीहरुलाई तरकारीमा आत्मनिर्भर बनाउन कौशीखेतीका लागि प्रोत्साहन गर्ने गरी योजना बनाईने समेत बताए ।
समिक्षा एवं आगामी आर्थिक बर्षको योजना तर्जुमा कार्यक्रममा बोल्दै पूर्व कानून मन्त्री यज्ञबहादुर थापाले आफु मन्त्री हुँदा वडा विकासमा गर्न नसकेको उल्लेख गर्दै, वडामा ऐतिहासिक बजेट विनियोजन भएको उल्लेख गरे । उनले दिर्घकालिन र रणनीतिक हिसाबले सडक पूर्वाधारको प्रस्ताव उल्लेख गरिएको भन्दै, योजना कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
पूर्व मन्त्री थापाले वडामा रहेका तालहरुलाई पर्यटकीय क्रियाकलाप संचालन गर्ने गरी योजना बनाउन समेत सुझाव दिए ।
कार्यक्रममा साविक लेखनाथ नगरपालिकाका पूर्व प्रमुख शालिग्राम पौडेलले युवाले नेतृत्व गरेको वडामा रोजगारी सिर्जनामा जोड दिनु पर्ने बताए । उनले युवाहरुमा केही गरौ भन्ने हुटहुटी हुने उल्लेख गर्दै, साविक लेखनाथ नगरपालिकाले निर्माण गरेका योजनाको अपनत्व लिन समेत आग्रह गरे । उनले भौतिक पूर्वाधारको विकाससँगै मानबीय संसाधनको विकासमा जोड दिन समेत आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका नेता झलकपाणी तिवारीले २०६२/०६३ सालको परिवर्तन पछि जनताको अधिकारको अभ्यास वडास्तरसम्म भएको उल्लेख गर्दै, भौतिक बिकासलाई मात्र बिकासका रुपमा लिन नहुने उल्लेख गर्दै, रोजगारी, शिप, दक्षता र आत्मनिर्भर हुने गरी योजना बनाउन सुझाव दिए ।
कार्यक्रममा पूर्व न्यायाधिस बासुदेव न्यौपानेले विकासको बजेटमा रेखदेख र खवरदारी रहनु पर्ने उल्लेख गर्दै, कामको गुणस्तरतामा ध्यान दिन समेत आग्रह गरे ।
वडा अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, नेपाली काग्रेस वडा इकाई सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले २६ नम्बर वडाका सचिव सुर्यप्रकाश ढुंगाना, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका प्रतिनिधिहरुले बोलेका थिए । कार्यक्रममा स्वागत वडा सदस्य तिर्थबहादुर राजभाटले स्वागत र वडा सचिव मिना भट्टराई भण्डारी, कर्मचारी लिलामणि भण्डारी र नवराज सापकोटाले समिक्षा कार्यक्रम र योजना तर्जुमामा सहजीकरण गरेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो