काठमाडौं । प्रेस सेन्टर नेपालले स्थापना गरेको शक्तितारा स्मृति पत्रकारिता पुरस्कार – २०८० बाट पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त सम्मान गरिएको छ ।
शनिबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमको प्रमुख अथिति प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले दोसल्ला, कदरपत्र र नगद ३० हजारसहित पौडेलकी श्रीमती प्रतिभा पौडेललाई सम्मानित गरिएको हो ।
क्रान्तिकारी पत्रकार संघ कास्कीका संस्थापक उपाध्यक्ष पौडेल जनयुद्ध कालदेखि नै जनपक्षीय पत्रकारिता क्रियाशील थिए ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको २ कार्यकाल सचिव र अध्यक्ष समेत भएका पौडेलले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी, वेपत्ता योद्धा पत्रकारिता पुरस्कारबाट दीलकुमारी शाहीलाई पुरस्कृत गरिएको छ । प्रेस सेन्टरले दश जनालाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह