पोखरा, २२ जेठ । ५० औं विश्व वातावरण दिवसको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, भुर्जुङखोला स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा क्रियाशील विद्यार्थी समूह ‘ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’ ले रचनात्मक कार्यक्रम गरेको छ ।
क्लबले विद्यार्थीलाई पूर्व सूचना गरी आफ्नो घर तथा वरपर रहेका फोहर सङ्कलन गरी बुझाउने प्रतियोगिता आयोजना गरेको थियो । सोहि क्रममा १०/१० जनाको ३० वटा समूहले ५ सय १९ किलो फोहोर सङ्कलन गरी आयोजक समक्ष बुझाएको ‘ग्रीनफोर्स क्लव– माछापुच्छ्रे’ की अध्यक्ष नम्रता गुरुङले बताइन् ।
प्रतियोगितामा विजयी समूहलाई अन्नपूर्ण संरक्षण क्षेत्र सार्दिखोला चेकपोस्टका प्रमुख श्रीकृष्ण न्यौपानेले पुरस्कार वितरण गरे । न्यौपानेले यस्ता कार्यले विद्यार्थी तथा अभिभावक सबैमा सचेतना थपिएको जानकारी दिँदै विद्यालयको रचनात्मक कामको खुलेर प्रशंसा गरे ।
माछापुच्छ्रे विद्यालयले प्रत्येक कक्षालाई भाषा, व्यवसाय, प्रकृति संरक्षण, नेतृत्व विकासलगायतका विभिन्न थिममा क्रियाशील गराइरहेको छ । विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले विद्यार्थीलाई पाठ्यक्रमले तोकेका निर्धारित सक्षमतालाई सहयोग पुग्ने गरी प्रत्येक कक्षालाई छुट्टाछुट्टै थिममा सक्रिय बनाउँदा सिकाइसमेत प्रभावकारी बन्दै गइरहेको बताए ।
करिब सात सय विद्यार्थी नियमित अध्ययन गर्ने माछापुच्छ्रे मावि क्रियाकलापका आधारमा देशकै उदाहरणीय विद्यालय हो । विद्यालयका शैक्षिक गतिविधि अवलोकन गर्न देशका थुप्रै विद्यालय त्यहाँ पुग्ने गरेका छन् ।


सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’