राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा (एमाले)मा प्रवेश गर्न तयार भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक जवाफ फर्काएका छन् ।
बुधबार एमालेका युवा नेताहरुले ७० वर्षे उमेरहद हटेकाले एमालेमै फर्कन गौतमलाई अनुरोध गरेका थिए । जवाफमा गौतमले आफ्नो सदस्यता एमालेमै रहेको र ओलीले बोलाएमा फर्कने बताएका थिए ।
गौतमको सो भनाइमा एमाले अध्यक्ष ओलीले सकारात्मक जवाफ दिएका हुन् । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि ? भनी प्रश्न गरेका थिए । सञ्चारकर्मीको जिज्ञासामा ओलीले ‘अब थप केही कुरा छ र ?’ भन्ने प्रतिक्रिया दिए । गौतमले यसबीचमा पार्टी एकता अभियान चलाएको, तर नयाँ पार्टी नबनाएको ओलीको भनाइ थियो ।
ओलीले भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो होइन ? अनि, कुरा बाँकी छ, केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन ।’
गौतमले एमालेमा जान्छु भन्नु ठीक भएको भन्दै ओलीले भने, ‘ठीक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’ एमालेले मंगलबार मात्रै पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने निर्णय गरेको थियो ।
सो विषयमा एमालेका युवा नेताहरुसँग गौतमले अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गरेमा आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन तयार रहेको प्रतिक्रिया दिएका थिए ।
विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाइ छ । एमाले आफूले निर्माण गरेको पार्टी भएकाले त्यसको माया लाग्ने गौतमको भनाइ थियो ।
आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको र केही दिनभित्रै पार्टी सदस्यता नवीकरण गर्नेसमेत उनले बताएका थिए ।
अध्यक्ष वा महासचिव बन्नका लागि आफू एमालेमा जान नलागेको गौतमको भनाइ छ । आफू पार्टीमा योगदान दिनका लागि मात्रै जाने उनले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो