पोखरा, २० असार । प्रदेश ४ का सांसदको भत्ता बढेको छ । बुधबारको मन्त्रीपरिषद् बैठकले सबै सांसदको भत्ता बढाउने निर्णय गरेको हो । यसअघि बैठक भत्ता स्वरुप ७ सय ५० रुपैयाँमा यातायात खर्च समेत ७ सय ५० रुपैयाँ थप गरिएको हो ।
यसअघि चैत ३० गते बसेको प्रदेशसभा बैठकले सांसदको भत्तासहित तलब सुविधा तोकेको थियो । सांसदले ४५ हजार तलब लिँदै आएका छन् भने अन्य पदाधिकारीको तलव फरक छ । बैठकले प्रमुख प्रतिपक्षी दलका नेतालाई घरभाडाका रुपमा प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिपक्षी नेतालाई ५० हजार रुपैयाँ तलब र सवारी साधन, सञ्चार, निजी सचिवालय बन्दोबस्ती, इन्धन, बिलअनुसारको धारा, बिजुलीको रकम, भ्रमण भत्ता, अतिथि सत्कार लगायतका सुविधा दिईँदै आईएको छ ।
मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका सांसदलाई गम्भीर खालको विरामी पर्दा आर्थिक सहयोग गर्न मापदण्ड, कार्यविधि निर्माण गर्न र सरकारलाई सिफरिस गर्ने गरी समिति गठन गरिएको छ । ठूलो आर्थिक भार पर्ने गरी मृर्गौला, मुटु, क्यान्सर वा गम्भीर खालका रोग वा कुनै दुर्घटना भइपरी आएका मापदण्ड र कार्यविधिअनुसार आर्थिक सहयोगका लागि यो समिति बनेको हो ।
डिएनएनेपालबाट ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए