पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको छ । बुधबार सिचुवान एयरलायन्सको एयरबस ए–३१९ विमानले असार ६ गते चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा सिधा उडान गर्न लागेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि विदेशी वायुसेवाले गर्न लागेको यो पहिलो उडान रहेकाे नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
सिचुवान एयरलायन्सको विमानले पोखरामा असार ८ र ९ गते नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट फेस्टिभलका लागि चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई चार्टर उडानबाट ल्याउन लागेको हो । चीनबाट उक्त विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १ सय ३० जनासम्म यात्रु पोखरामा ओर्लिने छन् ।
पोखरामा राष्ट्रिय सभाका अध्यक्षसहित सांसदहरु प्रदीप यादव, धवलशम्शेर जबरा, दिपा गुरुङ, उदयबहादुर बोहोरा, हरिशंकर चौधरी र जीवन परियार पनि त्यही विमानबाट अवतरण गर्ने कार्यक्रम छ । अध्यक्षका प्रेस सल्लाहकार दुर्गा शर्माका अनुसार, जेठ २७ गते काठमाडौंबाट चीन भम्रणमा अध्यक्षसहित ७ जना सांसद तथा अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा गएका छन् । सबै नौ जना पोखरामै अवतरण गर्ने कार्यक्रम छ ।
उक्त विमान त्यही दिन पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण भई काठमाडौंबाट नियमित उडानमार्फत छेन्दु फर्किने सहप्रवक्ता भुलले बताए ।
यो विमान उत्तरतिरको ब्राभो ३४५ हवाई रुटबाट संखुवासभा पसेर काठमाडौंबाट ओभरफ्लाई गर्दै पोखरा आउने छ। नेपालस्थित चिनीयाँ दूतावासले पर्यटन बोर्ड, पोखरा महानगरपालिकासँग सहकार्य गर्दै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री, पर्यटनमन्त्री र पर्यटनराज्यमन्त्री सहभागी हुँदैछन् ।
काठमाडौंस्थित चिनीयाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनका अनुसार, ५० भन्दा बढी मुलुकमा आयोजना हुँदै आइरहको यो कार्यक्रम दक्षिण एशियामै पहिलोपटक हुन लागेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो जेट विमान यसअघि २०२३ जनवरी १ तारिखका दिन हिमालय एयरलायन्सको अवतरण भएको थियो । हिमालयले पहिलो डेमो उडानमा एयरबस ए–३२० विमान काठमाडौंबाट उडाई पोखरामा अवतरण गराएको थियो ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’