पोखरा । सातवटै प्रदेशका मुख्यमन्त्री आज शुक्रबार पोखरामा भेला हुँदै छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।
उनीहरु आज र भोलि संघीयता र प्रदेशका हक अधिकारका बारेमा छलफलमा जुट्ने छन् । मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशको अधिकार, प्रदेशले गरेका काम तथा प्रदेशका अनुभव साटफेर गर्ने र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन आयोजना गरिएको हो ।
मुख्यमन्त्री सम्मेलनमा प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा दफावार छलफल हुने र घोषणा पत्र जारी हुनेछ । सम्मेलनमा सङ्घले दिएको अधिकार र संविधानमा निर्दिष्ट भएका अधिकार प्राप्तिका विषयमा पनि छलफल हुने बताइएको छ ।
मुलुकमा प्रदेश संरचना सुरु भएपछि सातै प्रदेशका मुख्यमन्त्रीहरुको यो दोस्रो भेला हो । यसअघि पनि गण्डकी प्रदेश सरकारको संयोजनमा भेला भएको थियो । तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक २०७५ भदौ २१ र २२ गते पोखरामै भेला भएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन