रोट्याक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो १७ औं स्थापना दिवसको अवसर पारेर कास्की कारागारमा रहेका ५० बढी महिला कैदीबन्दीहरुलाई स्यानिटरी प्याड प्रदान गरेको छ ।
यो क्लब विश्वकै पहिलो महिलामात्रै सदस्य रहेको २००७ जुन २९ मा स्थापना भएको क्लब हो । रोटा वर्ष २२÷२३ कि अध्यक्ष डिम्पल क्षेत्रीले आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको रुपमा यस कार्यक्रम रहेको जनाउँदै आफूहरु पनि सबै महिलामात्रै रहेको र बिशेषतः स्वास्थ्य क्षेत्रमा रहेको महिलाहरु रहेकाले महिलाहरु जुन जस्तो ठाउँमा भएपनि स्वास्थ्य महत्वपूर्ण कुरा रहेकाले आफूहरुले सचेतना साथसाथै स्यानिटरी प्याड र टिसर्ट हस्तान्तरण गरेको बताइन् ।
कार्यक्रममा कारागार प्रमुख भिमराज घिमिरे, सई सुशिल घिमिरे, नाइके साथै क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो। कारागार प्रमुख घिमिरेले एउटा महिलामैत्री क्लबले जेलभित्र रहेका दिदीबहिनीहरूको समस्या बुझेर गरेको सहयोग सराहनीय रहेको बताए ।
क्लबले आफ्नो ९ संस्थापक सदस्यहरुलाई सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित बिमला भण्डारी, विष्णु सुवेदी र रोशनी शर्मालाई सम्मान गरेको क्लबले जनाएको छ ।

भण्डारीले आफूहरूले स्थापना गरेको क्लब १७ औं वर्षमा प्रवेश गरेको र समाजमा अतुलनीय योगदान गरेकोमा आफुहरुलाई गर्व महसुस भएको बताइन् ।
यस्तै, रोटरी क्लब पोखरा पोखरा फिस्टेलका अध्यक्ष, आगामी वर्षका अध्यक्ष, संस्थापक सदस्यहरु, अन्य रोट्रयाक्ट क्लबका अध्यक्षहरु, क्लबका कार्यसमिति सदस्य तथा सदस्यहरुको उपस्थितिमा शुभकामना आदनप्रदान कार्यक्रम पनि सम्पन्न भयो ।
कार्यक्रम संयोजक एलिसा आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष डिम्पल क्षेत्रीले आफ्नो कार्यकालको अन्तिम समयमा बिहान कारागारमा स्यानिटरी प्याड हस्तान्तरण गर्दै स्थापना दिवसको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्न पाएकोमा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरिन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’