गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
असार १५ गते । देशभर राष्ट्रिय धान दिवस तथा राेपाइँ महाेत्सव मनाइएकाे छ । मानाे राेपेर मुरी फलाउने नेपाली परम्परा अनुसार वर्षाैंँदेखि धान राेपाइँलाई पर्वकाे रूपमा मनाइँदै आइएकाे छ ।
सरकारले धानकाे महत्व दर्साउँदै दुइ दशकयता राष्ट्रिय महत्व दिँदै याे दिवस मनाउन थालेकाे हाे । याे मनाइँदै गरेकाे वर्ष २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मूल नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको छ।
असार १५ मा दही च्युरा खाएर, राेपाइँ गर्ने परम्परा रहँदै आएकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा देशभर ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएकाे छ भने धानकाे उत्पादकत्व प्रति हेक्टर ३.८ मेटन रहेकाे छ।
पाेखरा १५ फलेपाटनमा राेपाइँ महाेत्सव
पाेखरा महानगरपालिका वडा नं. १५ मा पनि धान दिवस तथा राेपाइँ महाेत्सव गरिएकाे छ । वडा कार्यालय परिसरबाट हलगाेरू, बाजागाजा, गीतनाचसहित निस्किएकाे टाेली फलेपाटनकाे खेतमा पुगेर हिलाे खेल्दै, राेपाइँ गर्दै, कृषक सम्मान तथा पुरस्कृत गरी महाेत्सवकाे समापन भएकाे थियाे ।
साे अवसरमा वडाका उत्कृष्ट कृषकहरूलाई पुरस्कृत तथा सम्मान गरिएको हाे। ७ जना बाख्रा पालक किसानहरू जनही १२ हजार र ६ फर्मलाई जनही १० हजारका दरले पुरस्कृत गरिएकाे वडाध्यक्ष ताेरणबहादुर बानियाँले जानकारी दिए । अध्यक्ष बानियाँ, प्रमुख अतिथि पाेखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो