पोखरा- तमुवान सङ्हर्स समितिले पहिचानसहितको गण्डकी तमुवानको माग गर्दै आन्दोलनको गर्ने चेतावनी दिइरहेका बेला अन्तत: प्रदेश ४को नाम गण्डकी प्रदेश सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको प्रदेश-४ को संसद बैठकमा मतदानपछि बहुमतले पारित भएको हो।
मतदानमा ५६ जना सांसदमध्ये मध्ये ५४ जना सांसदले गण्डकी प्रदेशको पक्षमा मत खसालेका थिए। यसको विपक्षमा भने दुई मत परेको थियो।
सुरुदेखि नै विपक्षमा रहेको नयाँ शक्तिले गण्डकी–तमुवान नामाकरण गर्नुपर्ने भन्दै गण्डकीको विरोध गरेको हो । विपक्षमा गरेको प्रश्ताव फिर्ता लिन सभामुखले समय दिएपनि उनले प्रश्ताव फिर्ता लिएनन् ।
शुक्रबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारी सँगै टेकबहादुर घर्ती अनुपस्थित थिए । संविधानको धारा २९५ (२) मा संसदको दुई तिहाई सांसदबाट प्रदेशको नामाकरण गर्न पाउने ब्यवस्था छ । करिब ९७ प्रतिशत सांसदले गण्डकीको पक्षमा समर्थन जनाएका हुन् ।
गण्डकी नाम तोकिएपछि अव प्रदेशका सबै काम यही नामबाट सञ्चालन हुनेछन् । नाम नतोकिँदा प्रदेशका दैनिक प्रशासनीक काम सहित सभा सञ्चालनमा पनि समस्या भैरहेको थियो ।
गण्डकीको पक्षमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनमोर्चाको समर्थन थियो । प्रदेशसभामा नेकपाका ३९, काँग्रेसको १५, जनमोर्चाको ३ र नयाँ शक्तिको २ मत छ ।
प्रदेशमा मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सबै जातजाती, भाषा, भुगोललाई समेट्ने गरी प्रदेशको नाम गण्डकी राखेको बताए । संसद सकिए पछि गुरुङले गण्डकी प्रदेश लेखिएको बेलुन उठाएर स्वागत गरे ।
प्रदेश ४ ले यसअघि नै स्थायी राजधानी पोखरालाई तोक्ने निर्णय गरिसकेको छ ।
नयाँ शक्तिको टिप्पणी–प्रदेशबासीका लागि आज ‘कालो दिन’
नयाँ शक्ति पार्टीले प्रदेश नामाकरण भएको दिनलाई कालो दिनको रुपमा टिप्पणी गरेको छ । सांसद हरिशरण आचार्यले जनताको भावना र मर्म विपरित प्रदेशको नामाकरण गरिनु गलत भएको बताए ।
सबैको सम्मान र सहकार्यको लागि इतिहासमा आजको दिन कालो दिन हो । नयाँ शक्तिले घोषणा गरेको छ । राजनीतिक बहुमतका नाममा जनताले आत्मसात गर्न नसक्ने नाम निर्णय भएको उनको भनाई छ ।
‘बहुमतका नाममा निर्णय गर्दैमा सबैले स्वागत गर्छन् भन्ने छैन । यो निर्णय जनताले मान्न तयार छैनन् र आत्मसात गरेका छैनन्, उनले भने–प्रदेश सभाले पनि हिजोको जस्तो एकल जातिय अहंकारबाद देखाएको छ । संघीयता पनि त्यो भन्दा फरक रहेन ।’
प्रदेशसभाले गरेको गलत निर्णयप्रति नयाँ शक्तिले निरन्तर आवाज उठाउने उनी बताउँछन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो