पाेखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङ पुनः विवादमा तानिएका छन् । यसअघि सब ईञ्जिनियरलाई कुटपिट गरेर बदनाम भएका उनी फेरि उपभोक्ता समितिका अध्यक्षलाई कुटेपछि आलोचित भएका हुन् ।
वडाकै खोराको मुख उपल्लो इदीखोला माछापुच्छ्रे सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई गुरुङले कुटपिट गरेका हुन् ।आइतबार दिउँसो वडाध्यक्षबाट कुटिएका उपभोक्ता समितका अध्यक्ष भण्डारी वडा प्रहरी कार्यालय बगरमा जाहेरी लिएर पुगेकाेमा जाहेरी नलिइएकाे पीडितकाे भनाइ छ । प्रहरीले पहिले छलफल गर्नुपर्छ भन्दै जाहेरी दर्ता गर्न नमानेको भण्डारीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पनि जाहेरी नलिएकाे उनकाे गुनासाे छ ।
निर्माणाधिन बाटो हिलो भएको भन्दै वडाध्यक्षले आइतबार दिउँसो साढे २ बजेको समयमा आफूलाई दिनदहाडै बीच सडकमै हातपात गरेको भण्डारीले बताए । भण्डारीले भने – बर्खायाम छ, ठेकेदारले बाटो बनाइरहेको अवस्था छ । तर वडाध्यक्ष गुरुङले बाटो किन हिलो बनाएको भन्दै मलाई कुटे ।
स्थानीय कै आग्रहमा आफू उपभोक्ता समितिको अध्यक्ष बनेर बाटो बनाउने कामलाई सघाएको दावी गर्दै भण्डारीले वडाध्यले अझै कुटपिट गर्ने धम्की दिएकाले जिउज्यानको सुरक्षा र दोषी माथि कारवाही माग गर्दै जाहेरी दिन प्रहरीको आएको बताए ।

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २१ लाख ५४ हजारको बजेटमा सो सडकको काम भैरहेको छ । यो गण्डकी प्रदेश सरकार पुर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयनमा रहेको योजना हो । यही असार २२ गते पूर्वाधारका कर्मचारी अनुगमनमा जाने कार्यक्रम रहेको स्थानीयले जानकारी दिए ।
वडा कार्यालयमा मंगलबारदेखि तालाबन्दी
वडा अध्यक्ष गुरुङले अपशव्द बोल्दै समितिका अध्यक्ष अमृत भण्डारी माथि आक्रमण गर्दा पनि राज्यसत्ताको आडमा प्रहरी र कास्की प्रशासनले समेत जाहेरी लिन नमानेकाले वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

वडा अध्यक्ष गुरुङले पटक–पटक कर्मचारी र सेवाग्राही माथि आक्रमण गरेको र वडामा आउने सेवाग्राही माथि राजनैतिक पुर्वाग्रह राखी धेरै प्रकारका दुःख दिने गरेको गुनासो आएको बताउँदै वडा अध्यक्षलाई कानुनी दायरामा नल्याउन्जेल असार १९ गते देखि नै ८ नं वडा कार्यालयमा तालाबन्दी गरिएको नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका कमिटिले जनाएको छ ।

तालाबन्दीबाट ८ नं. वडाबासीमा पर्न गएको असुविधाप्रति वडा नं. ८ र ७ को तर्फबाट क्षमाप्रार्थी छौंँ भनी विज्ञप्ति मार्फत् जानकारी गराईएको छ ।
पहिले पनि कुटेका थिए सब ईञ्जिनियर
यसअघि गाउँपालिकामा कार्यरत सब इन्जिनियर लक्ष्मण जिसीलाई वडाध्यक्ष गुरुङले कुटपिट गरेका थिए । गत फागुन १२ गते आफ्नै कार्यकक्षमा गालीगलौज तथा कुटपिट गरेको भन्दै गुरुङलाई कारबाही गर्न मागसहित इन्जिनियर जिसीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

वडाध्यक्ष गुरुङले इन्जिनियरसँग भनेको नमानेकाले भनाभन हुँदा धकेलाधकेलमात्र भएको दाबी गरेका थिए । तर निधारमा जिसीको चोट लागेको थियो । उनी चोट नै बोकेर प्रहरीकहाँ आइपुगेका थिए ।
कास्कीको माछापुच्छ्रे ८ का वडाध्यक्ष गुरूङले सब-ईञ्जिनियर कुटे
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो