एजेन्सी | रूसमा जारी विश्वकप फुटबलकाे क्वाटर्र फाइनलबाटै ब्राजिल बाहिरिएकाे छ । पाँचपटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग ५५ वर्षपछि पराजित भएको हाे ।
बेल्जियमले २-१ गोल अन्तरले ब्राजिललाई पराजित गर्दै अाफ्नाे सेमिफाइनल यात्रा तय गरेकाे छ । ब्राजिललाई पराजित गर्दै बेल्जियमले सेमिफाइनलको यात्रा तय गरेको छ । बेल्जियम ३२ वर्षपछि विश्वकपकाे सेमिफाइनलमा पुग्न सफल भएकाे हाे । यसअघि बेल्जियमले सन् १९८६ मा भएकाे विश्वकपमा सेमिफाइनल खेलेकाे थियाे ।
यसअघि ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमसँग पराजित भएको थियो । त्यसयता भएका भेटमा सधैँ ब्राजिलले बाजी मार्दै आएको भए पनि शुक्रबारकाे खेलमा भएकाे हार ब्राजिलका लागि अनपेक्षित थियाे ।
हालसम्म सर्वाधिक विश्वकप उपाधि जितेकाे ब्राजिलका लागी १३ औं मिनेटमा भएकाे आत्मघाती गोल नै हारको मूल कारण बन्यो । खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्माघाती गोल गरेपछि ब्राजिल १–० ले पछि परेको थियो । बेल्जियमका लागि डी ब्रुइनले ३१ औं मिनेटमा गाेल गर्दै २-० काे अग्रता कायम गरे । रोमेरु लुुकाकुुको पासमा ब्रुुइनले गोल गरेका थिए ।
पहिलो हाफमै २–० ले पछि परेको ब्राजिलले खेलकाे उत्तरार्धतिर ७६औं मिनेटमा बल्ल एक गोल फर्काउन सक्याे, तर याे जितका लागि पर्याप्त थिएन ।
बेल्जियमलार्इ याे यात्रा तय गर्न सजिलाे थिएन । समूह चरणका सबै खेल जितेको भए पनि नकअाउट चरणका खेलमा बेल्जियमल सुरुमा २–० ले पछि परेको थियाे, तर पछि जापानसँगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको थियाे । विश्वकपको इतिहासमा यस्तो पुनरागमन गरेर खेल जित्ने बेल्जियम पछिल्लो ४८ वर्षपछिकाे पहिलो टिम बनेकाे छ । अब सेमिफाइनलमा फ्रान्ससँग बेल्जियमकाे राेचक भिडन्त हुनेछ ।
यस हारसँगै ब्राजिलकाे पछिल्ला २५ खेलको अपराजित यात्रा समाप्त भएकाे छ । उता बेल्जियम भने मार्टिनेजको प्रशिक्षणमा खेलेका पछिल्ला २४ खेलमा अपराजित यात्रा जारी राख्दै अगाडि बढिरहेकाे छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो