विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आज राति आयोजक राष्ट्र रुस र क्रोएसिया भिड्दैछन् । प्रि–क्वार्टरफाइनलमा स्पेनलाई पाखा लगाएको रसिया र डेनमार्कलाई हराएको क्रोएसियाबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।
सन् १९६६ मा तत्कालीन सोभियत संघको रुपमा चौथो बनेको रसिया समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेल्दैछ । क्वार्टरफाइनल पुग्नका लागि रसियाले ठूलै चमत्कार गरेको थियो । समूह चरणमा दुई जित हात पारेको रुसले प्रि–क्वार्टरफाइनलमा दाबेदारमध्येको एक स्पेनलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।
सन् १९९८ पछिकै सबैभन्दा बलियो टिम मानिएको क्रोएसियाले भने उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरणमा अर्जेन्टिनालाई निरीह बनाउँदै विजेता बनेको क्रोएसियाले सनसनीपूर्ण पि–्रक्वार्टरफाइनलमा डेनमार्कलाई पाखा लगाउँदै रसियासँगको भेट पक्का गरेको थियो ।
तुलानात्मक रुपमा कमजोर देखिएको रसिया विश्व फुटबल जगतलाई आश्चर्यचकित बनाउँदै सेमिफाइनलमा पुग्न तयार छ । ९८ मा तेस्रो स्थान हासिल गरेको क्रोएसिया इतिहास दोहोर्याउने मात्र हाइन्, त्यसबेला भन्दा ठूलो सफलता हात पार्ने लक्ष्यमा छन् । यसको अर्थ फाइनलसम्म पुग्ने लक्ष्यमा छ । मिडफिल्डर इभान पेरिसिचले २० वर्षपछि क्रोएसिया विश्व फुटबलका महारथि भनिएका टिमहरुलाई स्तब्ध बनाउन तयार रहेको प्रतिक्रिया दिए ।
म्याच फ्याक्ट्स
–पछिल्लो पाँच विश्वकपमा क्वार्टरफाइनल पुगेका सबै आयोजक (इटाली १९९०, फ्रान्स १९९८, दक्षिण कोरिया २००२, जर्मनी २००६ र ब्राजिल २०१४) सेमिफाइनलमा पुगेका छन् ।
–क्रोएसियाले अघिल्ला दुई विश्वकपमा ६ खेलमा जति गोल (८) गरेको थियो, त्यति गोल उसले यो संस्करणमा चार खेलमा गरिसकेको छ ।
–पहिलो दुई खेलमा १० वटा सट टार्गेटमा हानेको रसियाले पछिल्लो दुई खेलमा भने दुईवटामात्र हान्न सफल भएको छ । त्यसमध्ये एउटा सट स्पेनविरुद्ध अर्तेम ज्युबाको पेनाल्टी थियो ।
–पहिलो दुई खेलमा गोल नखाएको क्रोएसियाले पछिल्लो दुई खेलमा भने एक–एक गोल खाएको छ ।
–युरोपेली प्रतिद्वन्द्वीविरुद्ध क्रोएसियाले सातमध्ये एक खेलमात्र गुमाएको छ । तर रसियाले विश्वकपमा स्पेनबाहेक कुनै पनि युरोपेली टिममाथि जित हात पार्न सकेको छैन ।
–विश्वकपमा क्रोएसियाका पछिल्लो १२ गोल दोस्रो हाफमा भएका छन् ।
–क्रोएसियाले यसअघि दुई पटक आयोजक राष्ट्रसँग खेलेको थियो, तर दुवै खेलमा उसले पराजय भोग्यो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो