पाेखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अधिवेशन असार ३० गते काठमाडौंमा हुँदैछ । पाेखराबाट याे पटक उपाध्यक्षमा दाबी गरिएकाे छ । उपाध्यक्ष पदमा यहाँका भुवन क्षेत्रीले उम्मेदवारी दिने भएका छन् ।
इक्यान कास्कीका पूर्व अध्यक्षसमेत रहेका क्षेत्रीले संघको आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । इक्यान अन्तर्गतका शाखाहरुको प्रतिनिधित्व गर्दै इक्यानमा आफूले उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको उनले बताए ।
क्षेत्रीले भने – ‘इक्यानमा देशभरका शैक्षिक परामर्श व्यवसायीहरुको प्रतिनिधित्व हुन जरुरी छ । शाखाहरुले पनि इक्यानमा अपनत्व महसुस गर्न सक्नुपर्छ ।’ इक्यान र शाखाहरुलाई जोड्न र शैक्षिक परामर्श व्यवसायको समग्र हकहितमा काम गर्न आफूले उम्मेदवारी प्रस्तुत गरेको क्षेत्रीले बताए ।

जेठ २१ गते बसेको इक्यान कास्कीको बैठकले क्षेत्रीलाई ईक्यानको उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सहकोषाध्यक्षमा सिग्देल र कार्यसमिति सदस्यमा ढकालले उम्मेदवारी दिने
यसैगरी, इक्यानको सहकोषाध्यक्ष पदमा चितवनका हेमराज सिग्देलले उम्मेदवारी दिने भएका छन् । इक्यान चितवनका पूर्व सचिव उनी शैक्षिक परामर्श क्षेत्रमा १५ वर्षदेखि सक्रिय छन् ।
मञ्जित ढकालले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १२ वर्षदेखि यस क्षेत्रमा क्रियाशील उनी सक्रिय युवा हुन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’