स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो ।
इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ संंस्करणको विजेता बनेको इंग्ल्याण्ड सन् १९९० मा तेस्रो भएको थियो । फाइनल प्रवेशका लागि इंग्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।
रुसको सामारा एरिनामा ३०औं मिनेटमा इंग्ल्याण्डले अग्रता लिएको थियो । एस्ले योंगले गरेको कर्नर प्रहारलाई इंग्लिस गोलरक्षक ह्यारी मग्वायरले हेडमार्फत गोल गरेका थिए । उनले इंग्लिस टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा पनि गोल थप्यो । यसपटक पनि हेड गोल नै सम्भव भएको थियो । जेसे लिंगार्डको पासमा डेले अलीले पेनाल्टी एरिनाबाट हेड गोल गरेका थिए । अलीको पनि विश्वकपमा पहिलो गोल हो ।
स्विडेनको यसअघिका खेलमा जस्तो एकीकृत टिम गेमलाई इंग्ल्याण्डले ध्वस्त पारिदिएको थियो । पहिलो हाफमा उसले एउटै पनि राम्रो आक्रमण बुन्न सकेन । दोस्रो हाफमा गरेका केही प्रहार इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए ।
बलियो भनिएको स्विडेनको रक्षापंक्ति पनि यस खेलमा सशक्त बन्न सकेन । स्वीडेनले दुवै गोल रक्षापंक्तिको कमजोरीका कारण खाएको थियो । हारसँगै २४ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानमा रहेको स्विडेन क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ