सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लामाजुरा डाँडामा दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानीयले प्रारम्भिक सूचना दिएका छन् । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताएका छन् ।उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवार थिए । हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट चेतबहादुर गुरूङ थिए।
मनाङ एयरको ९एन–एएमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नम्बर ५ लामजुराडाँडामा हेलिकप्टर दुर्घटना भएको खबर छ ।
‘त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकप्टर दुर्घटनामा परेको बताउनु भएको छ,’ उनले भनिन्,‘हेलिकप्टर क्षतविक्षत छ भन्ने छ। विस्तृत विवरण आएको छैन।’ सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले हेलिकप्टर खोजीका लागि प्रहरी परिचालन गरिसकिएको जानकारी दिए।
‘लामाजुरा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। कुहिरो लागेकोले हेलिकप्टरबाट खोजी गर्न अहिले असम्भव भयो, प्रहरीहरू केही माथिसम्म मोटरसाइकलमा र त्यसपछि हिँडेर त्यसतर्फ जाँदैछन्,’ उनले भने।
मनाङको हेलिकप्टर खोज्न सोलुको लाम्जुरापासतर्फ प्रहरी जाँदै
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा २ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने लाम्जुरा क्षेत्रमा खोजी थालिएको छ । प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोली पैदल रूपमा घटनास्थल पुग्दैछ । स्थानीय प्रहरी इकाइको टोली हेलिकप्टर हराइरहेको भनिएको क्षेत्रमा परिचालित भएको हो ।
हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइएको छ । काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ ।
मनाङ एयरको हेलिकप्टरमा सवार पाँचैजना यात्रु मेक्सिकन नागरिक
सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एअरको हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरले जनाएकाे छ ।
सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण