पोखरा । ‘भेक्टर – डाइरेक्ट योर् भिजन’ नामका साथ स्वतन्त्र विद्यार्थी युनियन, ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा साउन ३ देखि ५ गते सम्म हुने राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवलको तयारीलाई तिब्रता दिइएको छ ।

न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजनमा हुने सो फेस्टिवलमा प्रदेशकै उत्कृष्ट रेडियो बिग एफएम १०१.२ मेगाहर्ज तथा पोखरा महानगरपालिकाको सहकार्य रहेको छ । देशभरीका दुई दर्जन इञ्जिनियरिङ क्याम्पस र पोखराका दुई कलेजका विद्यार्थीद्वारा निर्मित आफ्ना इनोभेसन उक्त एक्स्पोमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

स्ववियू अध्यक्ष इन्द्र पौडेलका अनुसार सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिसकेको सन्दर्भमा यस टेक्निकल फेस्टिवललाई भिजिट नेपाल २०२० ले समर्थन गर्नेछ । भेक्टर – डाइरेक्ट योर भिजन अन्तरगत नै गण्डकी समन्वयद्वारा प्रायोजित सिभिल इञ्जिनियरिङ एण्ड साइन्स एक्जिविशन पनि हुन गइरहेको छ । यस कार्यक्रम सिभिल इञ्जिनियरिङ स्टुडेन्ट सोसाइटीद्वारा आयोजन गर्ने जनाइएको छ ।

स्ववियूद्वारा आयोजित यस कार्यक्रम व्यवस्थित र सफल बनाउन क्याम्पसको साथ र सहयोग सदैव रहने सहायक क्याम्पस प्रमुख बाबुराम भण्डारीले बताए । क्याम्पसकै गरिमा बढाउने यति ठूलो र चुनौतिपूर्ण कार्यक्रम विद्यार्थीकै सक्रियतामा हुँदा खुशी लागेको प्रतिक्रिया दिए ।

एक्स्पोमा प्रदर्शनका लागि स्मार्ट सिटी, क्लिन इनर्जी, पर्यटन, कृषि, शिक्षा थिममा प्रोजेक्ट तयार भईसकेको आयोजकले जनाएको छ । टेक्निक फेस्टिवलमा इञ्जिनियरिङ विद्यार्थीका प्रोजेक्ट, रोबोट प्रदर्शन, कोड क्याम्प २०१८, दुई प्रोजेक्ट, रोबोट फुटवल प्रतियोगिता, सेमिनार, खेलकुद तथा बिबिध सांस्कृतिक कार्यक्रम हुनेछन् । तीन दिन सम्म आयोजना हुने एक्स्पो बिहान १० बजे देखि बेलुका ५ बजे सम्म अवलोकन गर्न सकिनेछ । अवलोकन गर्न कुनैपनि शुल्क नलाग्ने हुँदा सम्पूर्णलाई प्रदर्शनी अबलोकन गरी इन्जिनियरिङ बिज्ञान र सूचनाप्रविधी हेर्न र सिक्न स्ववियू अध्यक्ष पौडेलले आग्रह गरे ।
आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, गण्डकन्युज डटकम, पोखरा बस व्यवसाय समिती, मार्केट ससांर लगायतले सहकार्य गरेका छन् ।
सम्बन्धित समाचार
डब्लूआरसीमा साउन पहिलो साता नेशनल टेक्निकल फेस्टिवल
http://gandaknews.com/national-technical-festival/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए