पोखरा -१३ ले वडावासीलाई निशुल्क एम्बुलेन्स उपलव्ध गराउने

पोखरा -१३ ले वडावासीलाई निशुल्क एम्बुलेन्स उपलव्ध गराउने

292735356_10161756722429027_7952195733058486096_n

पोखरा। पोखरा महानगरपालिका वडा नं -१३ ले वडावासीका लागि निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ। वडा अध्यक्ष किरण वरालले पोखराको जुनसुकै अस्पतालमा बिरामी लैजाँदा वडावासीका लागि निशुल्क एम्बुलेन्स उपलव्ध गराउने बताए ।

उनले आजपनि सामान्य विरामी हुँदा नागरिकसँग उपचार खर्च तथा अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा नभएको भन्दै नागरिकको आवश्यकतालाई महसुस गर्दै निशुल्क एम्बुलेन्सको अवधारणा ल्याएको बताए।

उनले अगाडी भने – “महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन, त्यो प्रत्याभुति दिलाउन नसकेकोमा हामी क्षमाप्रार्थी छाै तर, विश्वास पनि दिलाउन चाहान्छु कि मैले मेरो कार्यकालभित्र पोखरा १३ लाई महानगरबाट प्रवाह हुने सबै सेवा र सुविधा नागरिक समक्ष पुर्याउन दिनरात प्रयास र पैरवी गर्नेछु।”

वरालले अबदेखि पोखराका जुनसुकै अस्पतालमा उपचारका लागि विरामी लैजाँदा एम्बुलेन्समा लाग्ने पैसा तिर्नुनपर्ने भन्दै तल तस्विरमा उल्लेखित नम्वरमा सम्पर्क गरेर सेवा लिन आग्रह गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds