पोखरा । एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठलाई यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ अर्पण गरिएको छ ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार शुक्रवार नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका एभरेस्टकर्मी श्रेष्ठलाई प्रदान गरिएको हो । प्रतिनिधि सभा कास्की निर्बाचन क्षेत्र नम्बर १ सदस्य मनबहादुर गुरुड., पुरस्कार दाता कर्मकुमारी गुरुड., तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले नगद राशी रु १० हजार, फेटा, भाङ्ग्रा, सम्मानपत्रले सम्मान गरेका थिए ।
पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका बरिष्ठ प्रस्तोता श्रेष्ठलाई सिफारिस गरेको थियो ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थापना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ ।
यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।
फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद तमुको अध्यक्षतामा भएको सोही कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गरिएको थियो ।
सम्बन्धित खबर
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन