पोखरा, २५ असार । नेपाल लोकतान्त्रीक आदिवासी जनजाति महासंघ कास्कीले अहिले भैरहेको आन्दोलनलाई भद्र र मर्यादित बनाउन आग्रह गरेको छ । ९७ प्रतिशत सांसदको समर्थनमा प्रदेशको नामाकरण गण्डकी भएकोमा विरोध जनाउनुपर्ने कारण नरहेको भन्दै महासंघले त्यसको स्वागत र समर्थन गरेको छ ।
पहिचानका कुरा महासंघकै नेतृत्वमा हुँदै आईरहेको भन्दै प्रदेशको नाममा भन्दा अधिकार वितरणमा सरकारको ध्यान जानु जरुरी हुने महासंघको माग छ ।
‘सरकारी कामकाजको भाषा प्रदेशभित्र बसोबास गर्ने आदिबासी जनजाति, गुरुङ, मगर लगायतका भाषाको हुनुपपर्छ । सांस्कृतिक र जातिय पर्वहरुमा सरकारी विदा दिने ब्यवस्था सरकारले मिलाउनुपर्छ, महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ–आदीबासी समुदायको उत्थान र विकासका लागि प्रदेश सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदछौं । यसबाहेक कुनैपनि जातिय आन्दोलनमा हाम्रो संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छौं ।’
तमुवान–मगरात संघर्ष समितिले गएको असार २१ गते निकालेको विज्ञप्तीप्रति महासंघले आपत्ति जनाएको छ । बहालवाला मन्त्री र विज्ञ तथा आदिवासी जनजातिको प्रतिनिधी सांसदलाई बहिष्कार गर्ने निर्णय असान्दर्भिक र अपरिवक्व एवं आपत्तिजनक भएको भन्दै तुरुन्त सच्याउन माग समेत गरेको छ ।
सचिव डिवि राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश नामाकरणको सन्दर्भमा कुनै पनि आन्दोलनमा संगठनको सहभागिता नहुने महासंघको घोषणा छ ।
-डिएनएनेपालबाट
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’