पोखरा, २५ असार । नेपाल लोकतान्त्रीक आदिवासी जनजाति महासंघ कास्कीले अहिले भैरहेको आन्दोलनलाई भद्र र मर्यादित बनाउन आग्रह गरेको छ । ९७ प्रतिशत सांसदको समर्थनमा प्रदेशको नामाकरण गण्डकी भएकोमा विरोध जनाउनुपर्ने कारण नरहेको भन्दै महासंघले त्यसको स्वागत र समर्थन गरेको छ ।
पहिचानका कुरा महासंघकै नेतृत्वमा हुँदै आईरहेको भन्दै प्रदेशको नाममा भन्दा अधिकार वितरणमा सरकारको ध्यान जानु जरुरी हुने महासंघको माग छ ।
‘सरकारी कामकाजको भाषा प्रदेशभित्र बसोबास गर्ने आदिबासी जनजाति, गुरुङ, मगर लगायतका भाषाको हुनुपपर्छ । सांस्कृतिक र जातिय पर्वहरुमा सरकारी विदा दिने ब्यवस्था सरकारले मिलाउनुपर्छ, महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ–आदीबासी समुदायको उत्थान र विकासका लागि प्रदेश सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराउँदछौं । यसबाहेक कुनैपनि जातिय आन्दोलनमा हाम्रो संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छौं ।’
तमुवान–मगरात संघर्ष समितिले गएको असार २१ गते निकालेको विज्ञप्तीप्रति महासंघले आपत्ति जनाएको छ । बहालवाला मन्त्री र विज्ञ तथा आदिवासी जनजातिको प्रतिनिधी सांसदलाई बहिष्कार गर्ने निर्णय असान्दर्भिक र अपरिवक्व एवं आपत्तिजनक भएको भन्दै तुरुन्त सच्याउन माग समेत गरेको छ ।
सचिव डिवि राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश नामाकरणको सन्दर्भमा कुनै पनि आन्दोलनमा संगठनको सहभागिता नहुने महासंघको घोषणा छ ।
-डिएनएनेपालबाट
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए