मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विकास न्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएकोभन्दै पत्रकार महासंघ ललितपुर शाखले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै शाखाले समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले असार २९ गते बेलुका ६ः ५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर धम्की दिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,–‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौं, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ? भनेर धम्की दिएको छ ।’
समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदा हुँदै पत्रकारकै ज्यान सिध्याइदिने धम्की दिने शक्ति दुर्गा प्रसाईंले कहाँबाट पाए ? भन्दै ललितपुर शाखाले सम्बन्धित निकायसँग यसको जवाफ माग मागेको छ ।
उनको धम्कीपछि पौडेलको सुरक्षा संवेदनशीलता थपिएको भन्दै महासंघले ललितपुर शाखाले सरकार, प्रहरीलगायत निकायलाई पनि विषयवस्तुको सम्वेदनशीलता बुझ्न आग्रह पनि गरेको छ ।

मागेको नदिएपछि ज्यान मार्ने धम्की भनेर प्रचार गरे: प्रसाई
दुर्गा प्रसाईले भने आफूले कुनै पत्रकारलाई धम्की नदिएको बताएका छन् । विकासन्युजका रामकृष्ण पौडेललाई प्रसाईले ज्यान मार्ने धम्की दिएको भन्दै विभिन्न संस्थाहरूले विज्ञप्ति निकालेपछि दैनिकीले चासो राख्दा उनले आफूले कसैलाई पनि धम्की नदिएको बताए ।
प्रसाईले भनेका छन् ‘केही मागेका थिए, मैले दिइनँ, त्यसपछि मेरा बारेमा सिरियल समाचार लेखे, त्यसले पनि पार नलागेपछि ज्यान मार्ने धम्की दियो भनेर प्रचार गरेछन् ।’ उनले आफूले असम्बन्धित मान्छेहरूसँग जोडेर आफ्ना बारेमा दुष्प्रचार नगर्न पौडेललाई आग्रह गरेको दैनिकी डटकमले लेखेकाे छ ।
सम्बन्धित खबर
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो