फिर्के अतिक्रमणले निम्तिएको विनाश, खोला थुनिएपछि पुल धरापमा

फिर्के अतिक्रमण

फिर्के अतिक्रमणले निम्तिएको विनाश, खोला थुनिएपछि पुल धरापमा

firke pul (1)

पोखरा । आइतबार राति परेको पानीले पोखरा ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको पुल भत्किएको छ । वर्षाका कारण खोला बढेपछि पानीले उचित निकास पाएन र पुलमा क्षति पुगेको हो ।

पोखराको फिर्के खोला अतिक्रमणको चपेटामा परेको छ । यो पुल नजिकै बगालेटोल बहुद्देश्यीय भवन, सोपाँल तमु समाजको भवन छ । यसका कारण फिर्के खोला अतिक्रमणमा परेको छ ।

वर्षाका कारण पुलको तल्लो भाग बगाए पछि पुल धरापमा परेका हो । भारी पानी पर्दा उपयुक्त निकास नपाई छेउछाउका डिलसमेत  खसेका छन् ।

नागरिक समाजका अगुवा रामबहादुर पौडेलले भनेका छन्ः त्यसको मुख्य कारण भनेकै बगालेटोल बहुद्देश्यीय भवन फिर्केखोला अतिक्रमण गरेर बनाएकोले हो। सत्य बोल्दा हामीलाई गाली गरे गरुन्, घृणा गरे गरून्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds