पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन डिपो निर्माण हुने भएको छ। विमानस्थल सञ्चालनमा आएको साढे ७ महिनापछि हवाई इन्धन डिपो निर्माण सुरु भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त इन्धन डिपोको शिलान्यास गरेका हुन्। नेपाल आयल निगमले सोमबार पोखरामा कार्यक्रम आयोजना गर्दै सोही विमानस्थलको परिसरभित्र नै डिपो निर्माण गर्ने भएको हो। विमानस्थलमा उडान भर्ने विमानका लागि हवाई इन्धनको आपूर्ति सहज बनाउन नयाँ १२ सय किलोलिटर क्षमताका तीन वटा भण्डारणगृह निर्माण गर्न लागिएको छ।
हालको भण्डारण क्षमता न्यून रहेको र विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरू पनि सञ्चालन गर्ने घोषणा गरिएको छ। त्यसबाट हुने मागलाई सहज बनाउन निगमले डिपो बनाउने भएको छ।
इन्धन डिपो निर्माणमा ७७ करोड लगानी हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । डिपो निर्माणका लागि भारतीय कम्पनी बिएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् । काम सुरु भएको १ वर्षमा डिपो निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?