पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन डिपो निर्माण हुने भएको छ। विमानस्थल सञ्चालनमा आएको साढे ७ महिनापछि हवाई इन्धन डिपो निर्माण सुरु भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त इन्धन डिपोको शिलान्यास गरेका हुन्। नेपाल आयल निगमले सोमबार पोखरामा कार्यक्रम आयोजना गर्दै सोही विमानस्थलको परिसरभित्र नै डिपो निर्माण गर्ने भएको हो। विमानस्थलमा उडान भर्ने विमानका लागि हवाई इन्धनको आपूर्ति सहज बनाउन नयाँ १२ सय किलोलिटर क्षमताका तीन वटा भण्डारणगृह निर्माण गर्न लागिएको छ।
हालको भण्डारण क्षमता न्यून रहेको र विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरू पनि सञ्चालन गर्ने घोषणा गरिएको छ। त्यसबाट हुने मागलाई सहज बनाउन निगमले डिपो बनाउने भएको छ।
इन्धन डिपो निर्माणमा ७७ करोड लगानी हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । डिपो निर्माणका लागि भारतीय कम्पनी बिएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् । काम सुरु भएको १ वर्षमा डिपो निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा