फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार दिइने भएको छ । पोखरा फोटोग्राफर संघको मंगलबार भएको ४२ औं वार्षिकोत्सवमा पुरस्कृत व्यक्तित्वको नाम घोषणा भएको हो ।
संघका संरक्षक तथा पूर्व अध्यक्ष गणेश छवि र उनकी पत्नी तीर्थले आफ्ना बाआमाको स्मृतिमा स्थापना गरेको यो यस पुरस्कार फोटोग्राफीको माध्यमबाट समाजमा उल्लेखनीय भूमिका खेल्ने फोटोग्राफरलाई प्रदान गरिँदै आएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि नगद २५ हजार ५ सय ५५ र सम्मानपत्र छ ।
विश्व फोटोग्राफी दिवस अगस्ट १९ मा पुरस्कार वितरण हुने संघले जनाएको छ । यसअघि यो पुरस्कारबाट पोखराका अग्रज फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजू, रमा राना, मदन सुब्बा र दमौलीका कुमारमोहन श्रेष्ठ सम्मानित भइसकेका छन् ।
घनश्याम पौडेल संयोजक रहेको प्रतिभा छनौट समितिले रामलाई पुरस्कार दिन सिफारिस गरेको हो । समितिका सदस्यमा दुर्गाप्रसाद पौडेल, रामचन्द्र पोख्रेल, देवानन्द पोख्रेल, सन्देश उदास, टीकाराम पराजुली र अक्षयकोषदाताको तर्फबाट तीर्थ श्रेष्ठ थिए ।
पुरस्कृत व्यक्तित्व गुरुङ अढाइ दशकदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । उनी पोखरा सिटी डटकमका सञ्चालकसमेत हुन् । उनले सहारा खेलकुद पत्रकारिता पुरस्कार २०६७, राष्ट्रिय फोटोपत्रकार अवार्ड २०७३, तमु पत्रकारिता प्रोत्साहन पुरस्कार २०७४, आदिवासी जनजाति महासंघ स्वतन्त्र फोटोपत्रकारिता अवार्ड २०७४, नेपाल भूतपूर्व खेलाडी मञ्च पत्रकारिता पुरस्कार २०७८, गजेन्द्र भण्डारी स्मृति पुरस्कार २०७७ आदि पाइसकेका छन् ।
संघले वार्षिकोत्सवको अवसरमा मंगलबार बिहान आयोजना गरेको रक्तदानमा ६० युनिट रगत संकलन भएको छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो