पाेखराबाट माइती जाँदै गरेकी एक महिलाकाे गलाबाट सुनकाे सिक्री लुट्ने एक पुरूषलाई लमजुङ प्रहरीले पक्राउ गरेकाे छ । तनहुँको भानु नगरपालिका–७ घर भएका ३० बर्षिय श्यामचन्द्र खतिवडा सुनकाे सिक्री चाेरेकाे अभियाेगमा पक्राउ परेका हुन् ।
साेमबार पाेखराबाट लमजुङकाे राइनास नगरपालिका ६ धमिलीकुवास्थित माइतीतर्फ जाँदै गरेकी लक्ष्मी नेपालीकाे गलाबाट राइनास नगरपालिका वडा नं. ६ काे जंगलमा उनले सुनकाे सिक्री लुटेका थिए । दिउँसाे ४ बजेतिर एक्लै जंगलमा हिँडिरहेकी लक्ष्मी नेपालीलाई देखेपछि श्यामले सुनकाे सिक्री लुटेर भागेका थिए ।
घटना लगत्तै लक्ष्मीले स्थानीयलाई बताइन् र प्रहरीमा तुरून्तै खबर पुग्याे । धमिलीकुवा चाैकीका प्रहरीले केहिबेरको खोजतलासमै घटनास्थल नजिकैको जंगलमा खतिवडालाई फेला पारी पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।
पक्राउ परेका खतिवडाबाट लक्ष्मीबाट लुटिएकाे १ ताेला २१ लालकाे सुनकाे सिक्री समेत बरामद भएकाे उनले बताए । पक्राउ परेका खतिवडालाइ मंगलबार प्रहरीले अदलातमा बुझाएकाे छ । जिल्ला अदालत लमजुङबाट निजलाइ ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको रेग्मीले जानकारी दिए ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी चोरी गर्ने व्यक्तिलाई ५ वर्षदेखी १० वर्षसम्म कैद र ५ हजारदेखी एक लाख रुपैयासम्म जरिबाना हुने कानूनी व्यवस्था रहेको छ ।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ