पोखरा महानगरपालिका वडा नं –१५ को वडास्तरीय बृहत् सरसफाइ कार्यक्रम जारी छ ।
स्थानीय तहको निर्वाचन सम्पन्नसँगै तोरणबहादुर बानियाँ अध्यक्ष निर्वाचित भएपछि सुरु भएको सरसफाई कार्यक्रमलाई दोस्रो वर्ष पनि निरन्तरता दिइएको छ ।
‘हाम्रो वडा, राम्रो वडा’ भन्ने अभियानका साथ यो आर्थिक वर्षको पहिलो श्रृंखला शिव मन्दिरदेखि रातिखहरे खोलासम्म सम्पन्न भयो । वडाध्यक्ष बानियाँले सरसफाइ कार्यक्रमसँगै अन्य सचेतना मूलक कार्यक्रमहरू पनि जोड्दै अघि बढेको उल्लेख गरे ।
उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक भाव जगाउने विचार व्यक्त गर्दै थपे – हामीले महिनामा एक दिन केही समय सफा गरेर सबै सफा हुने होइन तर यो कार्यक्रमले घरमात्र नभई टोल, सडक, वडा सफा राख्नुपर्छ भन्ने सन्देश दिनेछ । उनले सरसफाइ कार्यक्रम पोखरा –१५ को अभियान रहेको हुँदा यो अभियानलाई सार्थक बनाउन सम्पूर्ण वडाबासीलाई आग्रह गरे।

बानियाँले आजको सरसफाइ कार्यक्रममा जुट्ने सबैलाई धन्यवाद दिए। उनले सरसफाइ कार्यक्रम निरन्तर रूपमा अगाडि बढ्ने भन्दै आगामी शृङ्खलामा पनि वडावासीको सहभागिता रहने विश्वास व्यक्त गरे।
आजको सरसफाइ कार्यक्रममा प्रहरी, टोल विकास संस्था, युवा क्लब तथा सामाजिक अभियन्तासहित पोखरा –१५ का जना जनप्रतिनिधिको सहभागिता रहेको थियो।

सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ