बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । ३४औं मिनेटमा फ्रान्सले निकै राम्रो मौका पाएको थियो । तर एन्टोइन ग्रिजम्यानको पासमा एमबाप्पेले मिलाइदिएको बललाई ओलिभर जिरुडले गोलमा परिणत गर्न सकेनन् । ४०औं मिनेटमा फ्रान्सले अर्को मौका पाएको थियो । एमबाप्पेको पासलाई पाभार्डले गोलको दिशा दिएपनि बेल्जियमका गोलकिपर कोट्र्वा बाधक बने ।
पहिलो हाफको इन्ज्युरी समयमा बेल्जियमले निकै राम्रो मौका पाएको थियो । केभिन डि ब्रुयनको क्रसलाई रोमेलु लुकाकुले कनेक्ट गर्न नपाएपछि पहिलो हाफ गोलरहित बन्यो ।
दोस्रो हाफको छैटौं मिनेटमा फ्रान्सले अग्रता लियो । ग्रिजम्यानको कर्नर प्रहारलाई सामुयल उम्टिटीले हेडमार्फत गोलमा परिणत गरे । यसक्रममा उनले मेराउन फेलानीलाई बिट गरेका थिए ।
इन्ज्युरी समयमा फ्रान्सले दुईवटा उत्कृष्ट अवसर पाएको थियो । ग्रिजम्यान र टिलिसोको प्रहारलाई बेल्जियम गोलकिपरले सहजै बचाए ।
बेल्जियमले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा पहिलो पटक विश्वकप फाइनल खेल्ने लक्ष्य पूरा हुन सकेन । फ्रान्सले अब इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासँग २१औं संस्करणको उपाधिका लागि खेल्नेछ । इंग्ल्याण्ड र क्रोएसियाबीचको सेमिफाइनल बुधबार हुनेछ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ