पोखरामा २ महिनाअघि एक महिलालाई कुटपिट गरी नगदसहित मोबाइल लुटेर फरार भएका एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा १८, गुफाडाँडामा एक महिलालाई कुटपिट गरी लुटपाट गरेर फरार भएका उनलाई घटनाको २ महिनापछि मात्र प्रहरीले पक्राउ गर्न सकेको हो । पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा १० डुंगे घर भएका २५ वर्षीय दीपेश गुरुङ भन्ने सन्तबहादुर मगर हुन्।
उनले गत जेठ ५ गते राति १० बजेको समयमा ती महिलालाई फलामको हथौडा र चक्कू समेत प्रयोग गरी टाउकाको विभिन्न भाग, दायाँ आँखामा प्रहार गरी मरणासन्न अवस्थामा पु-याएर झाँडीमा फालेको प्रहरीसँग प्रारम्भिक अनुसन्धानमा स्वीकारेका छन ।
साथै उनले महिलाको साथमा रहेको ४ हजार नगद र मोबाइल समेत लुटेर भागेकोमा प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले साउन ७ गते उनको घर बेनीघाटबाट पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कुटपिट तथा अंगभंग सम्बन्धी कसूर मुद्दामा ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिए ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन