सशस्त्र प्रहरी कालिका गण पोखराका जवान दिप बस्नेत तुलसीपुर पुगेर पत्रकारमाथि खनिएकाे घटना सार्वजनिक भएकाे छ ।
नेपाल पत्रकार महासंघ दाङले रेडियो प्रकृति तुलसीपुर र तुलसीपुर खबर अनलाइनमा कार्यरत पत्रकार चेतन वलीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।
पत्रकार वलीमाथि दंगीशरण गाँउपालिका १ को सडक मर्मत र प्रतिक्षालय निर्माणका बारेमा लेखिएको समाचारका बिषयमा दंगीशरण गाउँपालिका १ घर भई हाल सशस्त्र प्रहरीको कालिका गण पोखरामा कार्यरत जवान दिपबहादुर बस्नेतलगायतका केही व्यक्तीले फोनबाट पटक पटक धम्क्याउने गरेका भन्दै यस्तो व्यवहारप्रति महासंघले आपत्ति जनाएको हो ।
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले एक विज्ञप्ति जारी गरी पत्रकार वलीमाथि भएको दुव्र्यवहारप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन् ।“समाचारमा चित्त नबुझे खण्डन गर्ने र खण्डन नभए प्रेस काउन्सिलमा उजुरी गर्ने प्रावधान हुँदाहुँदै पत्रकारलाई समाचारकै बिषयलाई लिएर गाली गलौज गर्ने र दुव्र्यवहार गर्ने कार्य निन्दनिय छ । आगामी दिनमा यस्ता कार्य नगर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षहरुलाई सचेत गराउन चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन