काठमाडौं। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कास्की जिल्ला पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङले आकर्षक तलब सुबिधा र सुन्दर भविष्यको प्रलोभन देखाएर पीडितहरू बाट करोडौं रकम ठगी गरी उनीहरूलाई विभिन्न देशमा पुर्याई अलपत्र पार्ने तथा बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्यमा संग्लग्न रहेको आरोप छ।
पीडितहरूले दिएको जाहेरीमा तामाङले हवाई मार्ग हुँदै अमेरिका लैजाने आश्वाशन देखाई प्रतिव्यक्ति ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम लिएर पीडितहरूबाट अहिलेसम्म २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ ठगी गरेको खुल्न आएको छ।
साथै, पीडितहरूलाई अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्याई अलपत्र पारेको र थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी माथि जिल्ला अदालत काठमाडौंबाट म्याद थपको अनुमति घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
परिचय खोल्दै बलेविरूद्ध संगम बिष्टको आक्रामक स्टाटसः ‘कत्थक नाच्थेँ, अब ताण्डव गर्छु’
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
डिजिटल हिंसामा परेपछि अमिशा पुगिन् साइबर ब्युरो
चल्ती जीपमै बालिकामाथि दुर्व्यवहार, चालक पक्राउ
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह