काठमाडाैं- रुस विश्वकपकाे पहिलाे सेमिफाइनल खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगेकाे छ । अाज हुने खेलले अब अाइतबार हुने फाइनलमा फ्रान्ससँग कसले खेल्ने भन्ने निर्धारण गर्नेछ ।
समूह चरण तथा क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका यी दुवैकाे खेल राेमान्चक हुनेमा कुनै द्विविधा छैन । याे विश्वकपमा अहिलेसम्म ६ गाेल गरेर गाेल्डेन बुटकाे दाबेदारमा सबैभन्दा शीर्ष स्थानमा अाफूलाई उभ्याएका ह्यारी केनले अाजकाे खेलमा पनि राम्राे प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ । किनकि यसअघिका खेलमा उनले निकै राम्राे गरेका छन् । त्यसले उनकाे मनाेबल पक्कै बढाएकाे हुनुपर्छ ।
२८ वर्षपछि सेमिफाइनलमा पुगेकाे इंग्ल्यान्डले यसपटककाे विश्वकप ट्रफी उचाल्नेमा अाफू विश्वस्त भएकाे इंग्ल्यान्डका काेच साउथगेटले मंगलबार बेलायती पत्रिकाहरुसँग बताएका छन् । टिमले गरेकाे राम्राे प्रदर्शनका कारण उनकाे अात्मबल निकै बढेकाे छ ।
१९६६ मा विश्वकप जितेकाे इंग्ल्यान्डले यसपटक पनि विश्व च्याम्पियन बन्ने सपना देखिरहेकाे छ तर उसका लागि अाज क्राेएशियासँग हुने खेल सहज छैन, टफ नै देखिन्छ ।
केनसँगै लुका माेडरिच र इवान रेकिटिचजस्ता अनुभवी खेलाडीका कारण बढेकाे इंग्ल्यान्डकाे अात्मविश्वासमा क्राेएशियाकाे बलियाे डिफेन्स बाधक पनि हुनसक्छ ।
सन् १९९८ मा पहिलाेपटक सेमिफाइनलमा पुगेकाे क्राेएशियाले यसपटक त्याे अनुभव र नयाँ व्यवस्थापनलाई सही तरिकाले प्रयाेग गर्ने अनुमान धेरैकाे छ ।
क्राेएशियाका सबै खेलाडी अत्यन्त राम्राे भएकाले इंग्ल्यान्डले खेल रणनीतिमा केही परिवर्तन ल्याउन सक्ने विश्लेषकहरुले बताएका छन् । तर, क्राेएशियाविरुद्ध जित निकाल्न इंग्ल्यान्डलाई त्यति समस्या नहुने तर्कहरु पनि छन् ।
यी तर्ककाे अाधार भनेकाे यी दुई देशबीच यसअघि भएका खेलका विश्लेषण हुन् ।
यी दुई देश यसअघि महत्वपूर्ण खेलमा एकपटकमात्र भेट भएका छन् । युराे कप २००४ मा भएकाे यी दुईकाे खेलमा इंग्ल्यान्डले ४-२ ले क्राेएशियालाई हराएकाे थियाे । यसबाहेक यी दुई टिमबीच भएका ७ खेलमा इंग्ल्यान्डले ४ खेलमा, क्राेएशियाले २ खेलमा जित निकालेका थिए । एउटा खेल बराबरीमा टुङ्गिएकाे थियाे ।
इंग्ल्यान्डको याे विश्वकप यात्रा
याे इंग्ल्यान्डका लागि तेस्राे विश्वकप सेमिफाइनल खेल हाे । याे विश्वकपमा यहाँसम्मकाे यात्रा इंग्ल्यान्डका लागि निकै राेमान्चक रह्याे । उसले १८ जुनमा ट्युनिसियाविरुद्ध सुरु गरेकाे पहिलाे खेलमा २-१ काे जित निकाल्याे । समूह चरणकाे दाेस्राे खेलमाउसले पानामालाई ६-१ काे फराकिलाे अन्तरले पराजित गर्याे । याे खेलमा ह्यारी केनले ह्याट्रिक गरे । याे विश्वकपकाे याे दाेस्राे ह्याट्रिक थियाे ।
समूह चरणकाे अन्तिम खेलमा उसलाई जित्नुभन्दा पराजित हुनु फाइदाजनक थियाे । नभन्दै समूहकाे शीर्षस्थानमा बेल्जियमलाई छाेड्दै इंग्ल्यान्ड नकअाउटमा प्रवेश गर्याे ।
इंग्ल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बियासँग १–१ को बराबरी खेल्यो । निर्धारित समय र अतिरिक्त समयमा पनि १-१ काे बराबरीमा खेल रहेपछि पेनाल्टी सुटअाउटमा उसले काेलम्बियालाई ४-३ ले पराजित गर्याे ।
याे यात्रामा एक खेलमा मात्र पराजित भएकाे इंग्ल्यान्डले सेमिफाइनलमा प्रवेश गर्न स्वीडेनलाई २-० ले पराजित गर्याे ।
सेमिफाइनलसम्म क्राेएशियाकाे यात्रा
१७ जुनमा नाइजेरियालाई २-० ले हराएर विश्वकप २०१८ काे सुखद सुरुवात गरेकाे क्राेएशियाले समूह चरणकाे दाेस्राे खेलमा अर्जेन्टिनलाई ३-० ले पराजित गर्दै विश्वका फुटबल प्रेमीकाे ध्यान तान्याे । समूह चरणको अन्तिम खेलमा पनि क्रोएशियाले आइसल्यान्डलाई २–१ ले पराजित गर्याे । समूह चरणका तीनै खेल जितेकाले क्राेएशियाले सबैकाे ध्यान तान्याे ।
अन्तिम १६ काे खेलमा डेनमार्कलाई पेनाल्टी सुटअाउटमा क्राेएशियाले हरायाे । अत्यन्त राेमान्चक रहेकाे क्वार्टरफाइनलमा अायाेजक रुसलाई पेनाल्टी सुटअाउटमा स्तब्ध पार्दै क्राेएशिया सेमिफाइनलमा अाएकाे हाे ।
फरकधार
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो