पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश प्रशिक्षक प्रशिक्षण कास्कीको लुम्लेमा सुरु भएको छ । एमाले गण्डकी प्रदेश स्कुल विभागको आयोजनामा कास्की अन्नपूर्ण गाउँपालिकाले लुम्लेमा ३ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो ।
साउन १२ गतेसम्म चल्ने प्रशिक्षणमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने, बिके पराजुलीसहित नेताले प्रशिक्षण गराउनेछन् । प्रशिक्षणमा गण्डकी प्रदेशका एक निर्वाचन क्षेत्रबाट १ र एक जिल्लाबाट १ गते ४७ जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य केशव आचार्यले जानकारी दिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पु¥याउन प्रशिक्षक प्रशिक्षण कार्यक्रमले सहयोग पु¥याउने विश्वास लिए ।
‘पार्टीको भौतिक उपस्थिति डिभाइस हो भने पार्टीको विचार सफ्टवेयर हो । समय अनुसार अपडेट हुन सकिएन भने आउटडेटेड भइन्छ, नेता कार्यकर्तालाई अपडेट गराउन यस्ता प्रशिक्षण आवश्यक पर्दछ,’ उनले भने, ‘हाम्रो ३ दिनको बसाईले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पु¥याउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।
नमुनावादी कांग्रेस, राजा फर्काउन खोज्ने राप्रपा र अवसरवादी माओवादीले देशलाई समृद्ध बनाउन सक्दैनः उपमहासचिव ज्ञवाली
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नमुनावादी कांग्रेस, राजा फर्काउने बास विचार भएको राप्रपा र अवसरवादी माओवादीले देशलाई समृद्ध बनाउन नसक्ने जिकीर गरे । प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमालेबाहेक दलबाट समृद्ध सम्भव नरहेको जिकीर गरेका हुन् ।
‘कांग्रेसले बोकेको नमुनावादी विचारले समृद्ध नेपाल निर्माण गर्दैन । राप्रपाको राजा फर्काउने बासी विचारले समाजको नेतृत्व गर्दैन । सत्ताको निम्ति जोकर जस्तो कसले एउटासँग, कहिले अर्काेसँग मिलेर सरकार बनाउने राजनीतिलाई घीनलाग्दो खेल बनाउने प्रचण्डको अवसरवादले अबको चुनौती पूरा गर्न सक्दैन,’ उनले भने ।
नयाँ आएका पार्टीमा पनि देशलाई समृद्धितर्फ लैजाने कुनै योजना नभएको दाबी गरे । उनले भने, ‘अहिले उदायका दलहरुको सामार्थ भनेको ढुंगा जहाँ लाग्यो, त्यहिँ मैले ताकेको थिए भन्ने हो । यीबाट पनि सम्भव छैन । यो अभिभारा पूरा गर्ने एमालेले मात्रै हो ।’
उनले अहिलेको गठबन्धन सरकार उद्देश्यविहीन रहेको जिकिर गरे । ‘विचारविहीन गठबन्धनमा न माओवादी, माओवादी जस्तो देखिन्छ न नेपाली कांग्रेस, कांग्रेस जस्तै देखिन्छ, यो सरकारबाट समृद्धि सम्भव छैन ।’ सत्ताका लागि मात्र गरिएको गठबन्धनले जनताको इच्छा र चाहना पूरा गरेर देशलाई समृद्ध बनाउन नसक्ने उनको ठोकुवा छ ।
देश निर्माण गर्न र आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रोक्न एमालेले मात्रै सक्ने उपमहासचिव ज्ञवालीले दाबी गरे । ‘हाम्रो आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप हुन थालेको छ । यी सबै कुरा रोक्नका लागि एउटा बलियो शक्तिको खाँचोे छ । त्यो बलियो शक्ति भनेको नेकपा एमालेमात्रै हो । एमालेको नेतृत्वमा मात्रै देश निर्माण हुन सक्छ,’ उनले भने ।
एमालेले लोकतन्त्रको जगमा उभिएर समृद्ध नेपाल, सुखी नेपालीको खाका कोरिरहेका उपमहासचिव ज्ञवालीले दाबी गरे । उनले भने, ‘प्राप्त भएको लोकतन्त्रको जगमा उभिएर समृद्ध नेपाल, सुखी नेपालीको खाका कोरिरहेका छौं । समृद्धिको अभियानको नेतृत्वको गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । कसैले यो काम पूरा गर्न सक्दैन ।’
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’