पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश प्रशिक्षक प्रशिक्षण कास्कीको लुम्लेमा सुरु भएको छ । एमाले गण्डकी प्रदेश स्कुल विभागको आयोजनामा कास्की अन्नपूर्ण गाउँपालिकाले लुम्लेमा ३ दिने प्रशिक्षक प्रशिक्षण सुरु भएको हो ।
साउन १२ गतेसम्म चल्ने प्रशिक्षणमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने, बिके पराजुलीसहित नेताले प्रशिक्षण गराउनेछन् । प्रशिक्षणमा गण्डकी प्रदेशका एक निर्वाचन क्षेत्रबाट १ र एक जिल्लाबाट १ गते ४७ जनाको सहभागिता रहेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य केशव आचार्यले जानकारी दिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पु¥याउन प्रशिक्षक प्रशिक्षण कार्यक्रमले सहयोग पु¥याउने विश्वास लिए ।
‘पार्टीको भौतिक उपस्थिति डिभाइस हो भने पार्टीको विचार सफ्टवेयर हो । समय अनुसार अपडेट हुन सकिएन भने आउटडेटेड भइन्छ, नेता कार्यकर्तालाई अपडेट गराउन यस्ता प्रशिक्षण आवश्यक पर्दछ,’ उनले भने, ‘हाम्रो ३ दिनको बसाईले एमालेलाई समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पु¥याउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।
नमुनावादी कांग्रेस, राजा फर्काउन खोज्ने राप्रपा र अवसरवादी माओवादीले देशलाई समृद्ध बनाउन सक्दैनः उपमहासचिव ज्ञवाली
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नमुनावादी कांग्रेस, राजा फर्काउने बास विचार भएको राप्रपा र अवसरवादी माओवादीले देशलाई समृद्ध बनाउन नसक्ने जिकीर गरे । प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमालेबाहेक दलबाट समृद्ध सम्भव नरहेको जिकीर गरेका हुन् ।
‘कांग्रेसले बोकेको नमुनावादी विचारले समृद्ध नेपाल निर्माण गर्दैन । राप्रपाको राजा फर्काउने बासी विचारले समाजको नेतृत्व गर्दैन । सत्ताको निम्ति जोकर जस्तो कसले एउटासँग, कहिले अर्काेसँग मिलेर सरकार बनाउने राजनीतिलाई घीनलाग्दो खेल बनाउने प्रचण्डको अवसरवादले अबको चुनौती पूरा गर्न सक्दैन,’ उनले भने ।
नयाँ आएका पार्टीमा पनि देशलाई समृद्धितर्फ लैजाने कुनै योजना नभएको दाबी गरे । उनले भने, ‘अहिले उदायका दलहरुको सामार्थ भनेको ढुंगा जहाँ लाग्यो, त्यहिँ मैले ताकेको थिए भन्ने हो । यीबाट पनि सम्भव छैन । यो अभिभारा पूरा गर्ने एमालेले मात्रै हो ।’
उनले अहिलेको गठबन्धन सरकार उद्देश्यविहीन रहेको जिकिर गरे । ‘विचारविहीन गठबन्धनमा न माओवादी, माओवादी जस्तो देखिन्छ न नेपाली कांग्रेस, कांग्रेस जस्तै देखिन्छ, यो सरकारबाट समृद्धि सम्भव छैन ।’ सत्ताका लागि मात्र गरिएको गठबन्धनले जनताको इच्छा र चाहना पूरा गरेर देशलाई समृद्ध बनाउन नसक्ने उनको ठोकुवा छ ।
देश निर्माण गर्न र आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रोक्न एमालेले मात्रै सक्ने उपमहासचिव ज्ञवालीले दाबी गरे । ‘हाम्रो आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप हुन थालेको छ । यी सबै कुरा रोक्नका लागि एउटा बलियो शक्तिको खाँचोे छ । त्यो बलियो शक्ति भनेको नेकपा एमालेमात्रै हो । एमालेको नेतृत्वमा मात्रै देश निर्माण हुन सक्छ,’ उनले भने ।
एमालेले लोकतन्त्रको जगमा उभिएर समृद्ध नेपाल, सुखी नेपालीको खाका कोरिरहेका उपमहासचिव ज्ञवालीले दाबी गरे । उनले भने, ‘प्राप्त भएको लोकतन्त्रको जगमा उभिएर समृद्ध नेपाल, सुखी नेपालीको खाका कोरिरहेका छौं । समृद्धिको अभियानको नेतृत्वको गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । कसैले यो काम पूरा गर्न सक्दैन ।’
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो