वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको होटल संचालकबाटै हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा कार्यरत पौडेलको बडिगाड गाउँपालिका -६ खाल बजार स्थित ‘आशा होटल एण्ड खाजा घर’ का संचालकले हत्या गरेको खुलेको हो।
बागलुङका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता मदन केसीका अनुसार पौडेल गत सोमबार (साउन ८ गते ) अन्दाजी साँझको ८ बजे तीर उक्त खाजा घरमा गएकोमा होटल संचालिका ५१ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा विनोद कुँवरसँग सामान्य विवाद भएको र विवादले उग्र रुप लिँदै गएपछि छोरा विनोदले पौडेलको टाउकोमा मुक्काले हानेर बेहोस बनाएका थिए।
भुँइमा ढलेका पौडेललाई अन्दाजी ९:३० बजे तीर आमा छोराले पुनः पर्दाले घाँटी थिचेर हत्या गरी उनले घाँटीमा लगाएको सुनको सिक्री समेत फुकालेर लुकाई राखेको प्रवक्ता केसीले जानकारी दिए।
पौडेल मृत फेला परेको भन्ने घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले होटल संचालक आमा छोरा दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेकोमा प्रारम्भिक अनुसन्धानमा उनीहरुले हत्या गरेको खुलेको केसीले बताए।
उनीहरूमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

सम्बन्धित खबर
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा