वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको होटल संचालकबाटै हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार ईलाका प्रहरी कार्यालय भिमगिठे बागलुङमा कार्यरत पौडेलको बडिगाड गाउँपालिका -६ खाल बजार स्थित ‘आशा होटल एण्ड खाजा घर’ का संचालकले हत्या गरेको खुलेको हो।
बागलुङका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता मदन केसीका अनुसार पौडेल गत सोमबार (साउन ८ गते ) अन्दाजी साँझको ८ बजे तीर उक्त खाजा घरमा गएकोमा होटल संचालिका ५१ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा विनोद कुँवरसँग सामान्य विवाद भएको र विवादले उग्र रुप लिँदै गएपछि छोरा विनोदले पौडेलको टाउकोमा मुक्काले हानेर बेहोस बनाएका थिए।
भुँइमा ढलेका पौडेललाई अन्दाजी ९:३० बजे तीर आमा छोराले पुनः पर्दाले घाँटी थिचेर हत्या गरी उनले घाँटीमा लगाएको सुनको सिक्री समेत फुकालेर लुकाई राखेको प्रवक्ता केसीले जानकारी दिए।
पौडेल मृत फेला परेको भन्ने घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीको टोलीले होटल संचालक आमा छोरा दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेकोमा प्रारम्भिक अनुसन्धानमा उनीहरुले हत्या गरेको खुलेको केसीले बताए।
उनीहरूमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको काम थालिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
सम्बन्धित खबर
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ
ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी नियन्त्रणमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग