क्यानोनिङ गर्ने क्रममा लडेर पोखराकी २२ वर्षीया अञ्जिताको मृत्यु

क्यानोनिङ गर्ने क्रममा लडेर पोखराकी २२ वर्षीया अञ्जिताको मृत्यु

Lwang Canyoning

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका– ९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ ।

बुधवार क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा– २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

क्यानोनिङ गर्ने क्रममा घाइते भएकी भण्डारीको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले तीन जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds