पोखरा । कर तिर्नेलाई कदर गर्ने नीतिका साथ पोखरा वडा नंं ९ कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने दुई संस्थालाई सम्मान गरेको छ । वडा स्थित पोखरा ओम हस्पिटल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र गोशली हाउसलाई सम्मानपत्र र मायाको चिनो दिएर कदर गरेको हो ।
पोखरा वडा नंं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले नियमित कर तिर्ने दुई संस्थालाई गरिएको सम्मान करदातालाई उत्साहित गर्ने अभियान रहेको बताए । ‘राज्यले कर लिने मात्र होइन, व्यवसायीलाई उत्साहित गर्नका लागि सम्मान गर्न पनि यस्ता कार्यक्रम जरुरी छ । त्यसैले हामी करदाताकै कार्यालयमा स्वयं उपस्थित भएर सम्मान गरेका हाैँँ ।’
वडा अध्यक्ष मर्सानी नेतृत्वको टोली प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिलाई साथै लिएर करदाताकै कार्यालयहरुमा पुगी सम्मान गरेको हो । अध्यक्ष प्रजापति, वडाध्यक्ष मर्सानीले ओम हस्पिटल प्रालिका अध्यक्ष डा. मुकुन्दप्रसाद आचार्यलाई र गोशली हाउसका अध्यक्ष शुशिल कुमार गोशलीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।

पोउवा संघ अध्यक्ष प्रजापतिले मुलुक चलाउनका लागि अर्थतन्त्र मूल आधार भएकाले करको दायरालाई फराकिलो बनाउँदै सबैलाई कर प्रणालीमा सहभागी गराउनुपर्नेमा जोड दिए । व्यवसायीसमेत रहेका प्रजापतिले करको दर नभई दायरालाई बढाउनुपर्ने धारणा राखे । व्यवसायी मैत्री कर प्रणालीलाई ध्यान दिँदै मित्रवत् व्यवहार गर्नुपर्नेमा पनि उनले जोड दिए ।

वडासचिव कुलराज पौड्यालले करदातालाई करको दायरामा समाहित गराउनका लागि कर शिक्षा जरुरी रहने भएकाले वडाबासीलाई सचेत गराइने बताए ।
सबैभन्दा बढी व्यवसाय शुल्क तिरेर सम्मानित करदाता ओम हस्पिटलका अध्यक्ष डा. मुकुन्द आचार्यले पहिलो पटक घरदैलोमै आएर वडाले सम्मान गर्दा स्थानिय सरकार रहेको अनुभूति भएको बताए ।

सबैभन्दा बढी एकिकृत सम्पति कर बुझाउने गोशली हाउसका शुशिल कुमार गोशलीले कर तिर्दा मुलुक सञ्चालन र विकास निर्माणमा सहयोग पुग्ने भएकाले सबैले कर तिर्नुपर्ने बताए ।

व्यवसाय दर्ता अभियान तथा अनुगमन कार्यक्रम
यसैबीच, वडाले राजश्व अभिवृद्धिका लागि व्यवसाय दर्ता अभियान तथा अनुगमन कार्यक्रम पनि गरेको छ ।
अध्यक्ष, सचिव, जनप्रतिनिधिहरू भावना श्रेष्ठ, गीता चर्माकार, नन्दराम गिरी, लक्षमी पहारीसहितको वडाको टोली पसल पसल पुगी व्यवसाय दर्ता भए नभएको अनुगमन गरी नगरेको खण्डमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो