पोखरा । अनेरास्ववियु, कास्कीको सहसचिव घाेषणा गरिएका विवेक ओझाले संगठनलाई विधान र प्रक्रिया सम्झाउँदै पद अस्वीकार गरेका छन् ।
यहि साउन ५ गते अनेरास्ववियु जिल्ला कमिटी कास्कीको सम्पन्न अधिवेशनले विधान र प्रक्रिया विपरित कमिटी घोषणा गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् । अधिवेशनमा परेको उम्मेदवारीमा निर्वाचन हुनुपर्नेमा अध्यक्ष मण्डलले आफूखुसी कमिटीको घोषणा गरेको उनको आरोप छ ।
उपाध्यक्षमा एक मात्र उम्मेदवारी आफ्नो परेको र छलफलका नाममा अध्यक्ष मण्डलले सचिवमा उम्मेदवारी परेका २ जनालाई उपाध्यक्षमा घोषणा गर्नु विधान विपरित रहेको भन्दै पद अस्विकार गरेका हुन् ।
उनले लेखेका छन्ः ‘अनेरास्ववियुको विधान अनुरुप १० पालिका, २५ स्ववियु हुने क्याम्पस र १०० मावि रहेका ९ सदस्यीय कमिटी बनाउन मिल्ने प्रावधान रहेको छ । तर यो प्रावधान अनुरुपको मापदण्ड कास्कीमा मेल खाँदैन । प्रावधान अनुसार ७ सदस्यीय कमिटी बन्नुपर्ने थियो । प्रक्रियालाई मान्ने हो भने अन्य कोही पनि उम्मेदवारी दर्ता नगरिएको उपाध्यक्ष पदमा मेरो स्वतः घोषणा हुनुपर्ने थियो । तर अध्यक्ष मण्डलले उपाध्यक्ष पदमा सचिवका दुई आकांक्षीलाई राखेर मलाई सहसचिवमा राखि ९ सदस्यीय कमिटी घोषणा विधान सम्मत पनि छैन । अन्त्यमा विद्यार्थी आन्दोलनको यात्रामा मेरो पाइला राकिएको छैन । विधान र प्रक्रिया विपरित घोषणा गरिएको कमिटीमा मलाई दिएको सहसचिवको जिम्मेवारीलाई वहन गर्न असमर्थ रहेको जानकारी गराउँदै राजिनामा दिएको जानकारी गराउँदछु ।’

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो