गत असार ९ गते देखी बेपत्ता पोखरा महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख, वरिष्ठ अधिकृत ओमराज पौडेलको शव तीन सातापछि फेला परेको छ । शनिबार विहान तनुहँको भिमादको सेती नदिकिनारमा शव फेला परेको खबर आएको कास्की प्रहरीले जनाएको छ ।
उनी हराएको २२ दिन पछि भिमादबाट शव फेला परेको जानकारी आएको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले जानकारी दिए । उनको शवलाई आफन्तले पहिचान गरे पछि प्रहरीले मुचुल्का उठाउन थालेको बताइन्छ । मुचुल्का गरे पछि उनको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याइनेछ ।
असार ९ गते शनिबार विहान करिब ५ बजे तिर घरबाट निस्किएका उनी त्यसपछि वेपत्ता थिए । पौडेल वेपत्ता भएको खबर पाउने वित्तिकै कास्की प्रहरी सहितको रेस्क्यू टोली, क्यानोनिङ टोली समेतले सेती किनारमा खोजी गरिरहेको थियो । तनहुँ प्रहरीले पनि आफ्नो क्षेत्र अन्तर्गतको सेती नदि किनारमा निगरानी गरिरहेको थियो ।
पौडेल घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै निस्किएका थिए । पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए । जुन पोखरा महानगरपालिकाले कास्की प्रहरीको रोहवरमा एक सातापछि सार्वजनिक पनि गरेको थियो ।
उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।
यसबीचमा उनको शव समेत फेला नपरेको अवस्थामा महानगरपालिका, महानगर प्रमुख लगायतको दबाबले यो अवस्था आएको भन्दै राजनीतिक रंग दिने प्रयास समेत भयो ।
ओमराज पौडेल असार ९ गते विहान महेन्द्रपुल क्षेत्रबाट पुलसम्म यसरी गएका थिए । भिडियोमाः
https://www.facebook.com/gandaknews/videos/848021495390104/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो