पोखरामा २४ तोला सुनजस्ताे देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित कल्पना गुरुङ पक्राउ परेकी हुन् ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा उनलाई पहेँलो धातुसहित पक्राउ गरेकाे जनाएकाे छ । झापाको बिर्तामोड नगरपालिका १ घर भएकी गुरुङ काठमाडौं बस्दै आएकी प्रहरीले जनाएकाे छ ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीले बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङ पक्राउ परेको जानकारी दिए । आज बिहान काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नं. काे बस चेकजाँच गर्ने क्रममा छातिमा सेतो टेपले बेरेर ब्रा भित्र लुकाइ छिपाइ राखेको अवस्थामा फेला परेकाे हाे ।
पक्राउ परेका गुरुङका साथबाट बरामद भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलिग्राम रहेको र जुन सुन नै प्रमाणित भए करिब २४ तोला रहेको डिएसपी जोशीले बताए । बरामद गरिएको सुन जस्तो देखिने पहेँलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
गुरूङलाई नियन्त्रणमा लिइ स्थानिय जनप्रतिनिधिसहित प्रहरीको रोहवरमा मुचुल्का पश्चचात् आवश्यक अनुसन्धानको लागि बैदाम कार्यालयमा ल्याइ थप अनुसन्धान भैरहेक डिएसपी जाेशीले बताए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो