यातायात व्यवस्था कार्यालय, गण्डकी सवारी चालक अनुमति पत्र शाखाका हाकिम चढेको गाडीले आफ्नै कर्मचारीको खुट्टा भाँच्ने गरी ठक्कर दिएको छ । पोखरा छोरेपाटनमा भएको दुर्घटनामा दीपक खत्री घाईते भएका छन् । गाडीमा सवार हाकिम तेजनारायण यादव र लक्ष्मण बानियाँ कास्की प्रहरीको नियन्त्रणमा छ ।
सार्वजनिक बिदाको दिन शनिबार । कार्यालयबाट बनभोज जाने योजना बन्यो । श्रोतका अनुसार पिकनिकमा कार्यालयका प्रमुख तेजनारायण यादव समेत मादक पद्धार्थ सेवन गरे । सँगै फर्कदाँ अगाडि अगाडि रहेको मोटरसाइकलमा सवार खत्रीलाई हाकिमको गाडीले ठक्कर दियो ।
घटनापश्चात् हाकिमको सरकारी नम्बर प्लेटको गाडी बा २ झ २४३४, मोटरसाइकल र संलग्न २ जनालाई ट्राफिक प्रहरी छोरेपाटनबाट, वडा प्रहरी कार्यालय बैदाम हुँदै जिल्ला प्रहरी कार्यालय लगिएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
मापसे गरेका हाकिमले नै गाडी ठोकेको प्रत्यक्षदर्शीले जनाएका छन् । तर, प्रमुख यादवले भने आफूले नचलाएको दाबी गरेका छन् । लक्ष्मण बानियाँले आफूले चलाएको बताएको डिएसपी कार्कीले बताए । उनले यस विषयमा अनुसन्धान भईरहेको र घाईतको उपचार पनि भईरहेको जनाए । मापसे गरे नगरेको बारे जाँच गरिने उनले बताए ।
प्रहरी श्रोतका अनुसार मापसे गरेकै कारण दुर्घटना भएको हो ।
सम्बन्धित खबर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा आफ्नै छोरीलाई धारिलो हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग