पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापले आफ्नो वडाका तालहरु बेचेर कसैलाई पनि खान नदिने बताएका छन् । पोखरा २६ मा भएको सार्वजानिक सुनुवाईमा जनताले राखेका जिज्ञासाको सम्बोधन गर्दै, अध्यक्ष थापाले वडामा रहेको खास्टे, निउरेनी र गुँदेताल बेचेर खान कसैलाई नदिने बताएका हुन । उनले भने–‘ताल स्थानिय सरकारको सम्पती हो, कसैले धन्दा चलाएर वा बेचेर खान पाउदैन ।” वडालाई आफ्नो सम्पतीको रक्षा कसरी गर्नु पर्दछ त्यो थाह छ । ’
सरकारी सम्पति अतिक्रमणको बिषयमा उठेको प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष थापाले भने –‘कसैलाई सार्वजानिक सम्पति खान्छु भन्ने लागेको छ भने त्यो भ्रम हो । हामीले हाम्रो सम्पती के कति छ ? खवर पाम भनेर नापी र मालपोत कार्यालयसँग सुचना मागेका छौँ । सार्वजानिक सम्पति माथी कसैले गिद्दे नजर नलगाए हुन्छ । ’ अध्यक्ष थापाले जनताको गुनासो सम्बोधन गर्नकै लागि जनप्रतिनिधी बनेको र जनताको सुझाब, गुनासो आलोचनालाई शिरोधार्य गरेर आगामी दिनमा सुन्दर वडा निर्माण गर्ने कार्यमा हातेमालो गर्ने प्रतिबद्धता गरेका थिए । थापाले सहभागिले उठाएका सबै प्रश्नको उत्तर एक एक गरेर दिएका थिए ।
पोखरा २६ ले गरेको सार्बजानिक सुनुवाईमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, महाशाखा प्रमुखहरु जयराम पौडेल, भरतराज पौडेल, कृष्ण तिवारी र पोखरा महानगरका वडाअध्यक्षहरु किरण बराल, सन्तोष बास्तोला, दिपेन्द्र मरसानी, तारेण बहादुर बानियाँ र दुर्गा सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत श्याम कृष्ण थापाले कार्यक्रममा सहभागिको संख्या र कार्यक्रमको नमूनाका बारेमा प्रशंसा गरेर आगामी दिनमा सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए ।
कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, नागरिक समाज, आमा समुह, युवा क्लव र बिभिन्न समुदायका समुहहरुको सहभागिता थियो । कार्यक्रममा वडा सदस्य तिर्थ बहादुर राजभाटले स्वागत गरेका थिए भने वडाका सचिब मिना भट्टराई भण्डारीले वडाको प्रगति प्रतिबेदन पेश गरेकी थिईन । कार्यक्रम संचारकर्मी शुरेस रानाभाटले संचालन गरेका थिए भने कार्यक्रमहरुमा वडा सदस्यहरु लक्ष्मीदेवी भट्टराई,सुजता वराल सुनार र सुदिपराज ढुङ्गाना सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाईमा सेवा प्रवाह र सुशासनको सम्वन्धमा सेवाग्राहीले सन्तुष्टी व्यक्त गरेका थिए ।
सार्वजानिक सुनुवाईको अवसरमा वडाको बृत्तचित्रको बिशेष प्रदर्शन गरिएको थियो बृत्तचित्रको लेखन तथा निर्देशन सौगात पोखरेलले गरेका थिए । कार्यक्रममा वडामा रहेका आमा समुहको सहभागितामा रोटी तरकारी बनाएर खाजा व्यबस्थापन गरिएको थियो । कार्यक्रमा वडा २६ का एक हजार बढि स्थानियको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन