पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापनाका लागि राष्ट्रनिर्माता गौरव अभियान शुरु भएको छ ।
सिरोज विजय कोइराला संयोजक रहने गरी ‘पृथ्वीचोकमा पृथ्वीनारायण शाह’, राष्ट्रनिर्माता गौरव अभियान गठन गरिएको हाे । बुधबार बसेको भेलाले ५१ सदस्यीय अभियानको सहसंयोजकमा १० जना चयन पनि गरेको छ ।
सहसंयोजकहरुमा पदम बहादुर कार्की, शेरबहादुर उचाई ठकुरी, नारायण गुरुङ, जगन्नाथ कोइराला, गणेश बराइली, भुपेन्द्र गिरी, गणेशबहादुर क्षेत्री, अशिल कुमार शाही, कृष्णप्रसाद पौडेल र प्रकाश थापा छन् । सचिवमा अर्जुन खनाल र हिमाल खड्का तथा प्रवक्ता अरुण गिरी तोकिएका छन् ।
कोषाध्यक्ष तोत्र बहादुर बानियाँ र सहसचिव अभिमन्यू पाण्डे विक्रम छन् । प्रमुख सल्लाहकारमा प्राडा दिलबहादुर क्षेत्री तथा सल्लाहकारहरुमा प्राडा नारायणप्रसाद अधिकारी, खिमबहादुर शाही र शंकर खराललाई चयन गरिएको छ ।
तत्काल अभियानको दुई उद्देश्य रहेको प्रवक्ता अरुण गिरीले जानकारी दिए । पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनर्स्थापना हुनुपर्ने र राष्ट्रियता, इतिहास र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्य अभियानको रहेको उनले जनाए ।
अभियानले १००८ सदस्यीय संघर्ष समिति बनाउने निर्णय गरेको छ । यस्तै, विभिन्न उपसमिति बनाउने र चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने अभियानले जनाएको छ । यसअघिका आन्दोलनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।


सम्बन्धित समाचारः
पोखराको पृथ्वीचोकमा शाहकै शालिक पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान शुरु [तस्वीरहरू]
ल्याप्चे लगाउनेदेखि भर्ती देखाउनेसम्म सहभागी
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन