पोखराको खहरेचोकस्थित क्लब क्याटवाकको पहिलो वार्षिकोत्सवका अवसरमा गायिका त्रिशाला गुरुङ र कुटुम्बको अल्फान्जो लाइभ प्रस्तुति हुने भएको छ ।
क्लब क्याटवाकको पहिलो वार्षिकोत्सवका अवसरमा यहि भाद्र २ शनिबार साँझ ५ बजेदेखि नेपालकै चर्चित सांगीतिक ब्याण्ड कुटुम्ब तथा गायिका त्रिशाला गुरुङसँगै डिजे बिकी कुल र गायक राजकुमारको प्रस्तुति रहने क्लबका प्रबन्ध निर्देशक गुप्ता लामाले बताए ।
उनका अनुसार सांगीतिक कार्यक्रम साँझ ५ देखि राती १० बजेसम्म हुनेछ । जसमा पोखराका प्रतिष्ठीत व्यक्तित्वहरुको निमन्त्रणा समेत गरिएको छ । राती १० बजेपछि भने कुटुम्बको प्रस्तुति रहने उनले बताए ।
वार्षिकत्सवका अवसरमा क्लब प्रवेशमा शुल्क नलाग्ने जानकारी उनले गराएका छन् । भदौ महिना भरि ग्राहकहरु निशुल्क प्रवेश गर्न पाउनेछन् । साथै अन्य सेवामा समेत १० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।
एक वर्ष अघि खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटकमा २ हजार भन्दा बढीले सेवा लिन पाउँछन् । अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोरमा, म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्याटवाकमा आकर्षक रेष्टुरेण्टको पनि सुविधा रहेको छ । पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब क्याटवाक हो ।
सम्बन्धित खबर
प्रधानमन्त्री बन्ने अघिल्लो दिन बालेनले ल्याए– ‘जय महाकाली’
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा